‘प्याब्सन र एन प्याब्सन खारेज नभएसम्म सरकारी स्कुल सुध्रदैनन्’

‘प्याब्सन र एन प्याब्सन खारेज नभएसम्म सरकारी स्कुल सुध्रदैनन्’

काठमाडौं : विद्यार्थी संगठनका नेताले निजी स्कुल सञ्चालकका साझा संस्था प्याब्सन र एन प्याब्सन खारेज भए मात्र सरकारी स्कुलको सुधार हुन नसक्ने बताएका छन्। 

सार्वजनिक शिक्षा सुदृढिकरणका लागि विद्यार्थी संगठनको भूमिका विषयमा छलफल गर्न सोमबार राजधानीमा आयोजित कार्यक्रमका वक्ताले यस्तो बताएका हुन्। 

कार्यक्रममा नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले निजी शिक्षालयलाई नउखेलीएसम्म सार्वजनिक विद्यालयको स्तरमाथि जान नसक्ने बताए।

‘जसरी पिपललाई हुर्काउन वरिपरीका विरुवा उखेल्नुपर्छ। त्यसैगरी सार्वजनिक विद्यालयलाई पनि निजी विद्यालयले घेरेका छन्’ गौतमले भने, ‘यस्ता विद्यालयलाई बन्द गरेपछि मात्र सार्वजनिक विद्यालय सुध्रन्छ।’

कार्यक्रममा पूर्वएमाले निकट अनेरास्ववियुका उपाध्यक्ष रश्चि आचार्यले आफूहरुले हरेक विद्यालयमा एक कार्यकर्ता परिचालन गरेर सार्वजनिक विद्यालय सुधारको अभियान सञ्चालन गर्न लागेको बताए। 

सार्वजनिक विद्यालय सुधारका लागि चर्का भाषण गर्दै हिंड्न भन्दा आफ्नो ठाउँबाट कस्तो योगदान दिन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने उनले बताए। 

पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले विद्यार्थी संगठनले विगतमा पनि सार्वजनिक शिक्षा सुधारका लागि थुपै्र अभियान सञ्चालन गरेको बताए। 

सरकारले चालेका हरेक अभियानमा आफूहरुले साथ दिने उनको भनाइ छ। कार्यक्रममा मानव अधिकारकर्मी गौरी प्रधानले सार्वजनिक शिक्षा सुदृढीकरणका लागि प्रगतिशिल कर प्रणालीको सुरुवात गर्नुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.