दल दर्ताका लागि आयोगमा सिके राउतको निवेदन

दल दर्ताका लागि आयोगमा सिके राउतको निवेदन

काठमाडौं : मुलधारको राजनीतिमा फर्किएको सहमति गरेका सिके राउतले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

गएको फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेका राउतले ‘जनमत पार्टी’ नामको दल दर्ताका लागि निवेदन दिएका हुन्।  आइतबार आयोगमा राउतसहित केन्द्रीय समितिका ३५ सदस्य उपस्थित भएर निवेदन दिएको नेता चन्दन सिंहले जानकारी दिए। 

सरकारसँग सहमति भएपछि लहानमा बसेको राउत नेतृत्वको तात्कालीन स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सरकारसँगको सहमतिलाई साकारात्मक भन्दै जनमत पार्टीको दल दर्ता गराउने निर्णय गरेको थियो। यसअघि राउतले स्वतन्त्र मधेस गठबन्धनको नाममा छुटै मधेसको माग गर्दै विभिन्न कार्यक्रम गर्दै आएका थिए। 

सरकारसँँगको सहमतिपछि मधेसका विभिन्न जिल्लामा आमसभालगायत कार्यक्रम गरेर राउत दल दर्ताका लागि अघिल्लो हप्ता काठमाडौँ आइपुगेका थिए। 

काठमाडांैमा उनले कानुनका जानकारसँग छलफल गरेपछि आइतबार आवश्यक कागजात लिएर आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन्। आयोगमा राउतले बुझाएको नामावलीमा उनको अध्यक्षतामा ३५  केन्द्रीय सदस्यको नाम समेटिएको छ। 

निर्वाचन आयोगको दल दर्ता सम्बन्धी कानुन अनुसार ३३ प्रतिशत महिला पुग्ने गरी १२, दलित ६ र मुस्लिम ४ जनासहितको कार्यसमिति बनाइएको नेता सिहंले बताए। 

कानुन अनुसार दल दर्ताका निवेदन परेपछि निर्वाचन आयोगले छानबिन गरेर ४५ दिनभित्र दल दर्ता गर्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.