घाँस काट्न गएकी वृद्धाको मोटरसाइकलको ठक्‍करबाट मृत्यु

घाँस काट्न गएकी वृद्धाको मोटरसाइकलको ठक्‍करबाट मृत्यु

विराटनगर : गाई बाख्रालाई घाँस काट्न जंगलतर्फ जाँदै गरेकी एक महिलाको मोरङको पथरीशनिश्चरे नगरपालिकामा मोटरसाइकलको ठक्‍करबाट मंगलबार दिउँसो मृत्यु भएको छ। 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पथरीशनिश्चरे-१० मा नम्बर नखुलेको एफजेड मोटरसाइकलले ठक्‍कर दिंदा स्थानीय ६० वर्षीया पूर्णमाया गदालको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मोटरसाइकल कालो रंगको रहेपनि ठक्‍कर दिनासाथ फरार भएका कारण नम्बर भने खुल्न सकेको छैन। 

दिउँसो १२:३० बजेतिर दुर्घटनामा परेर घाइते भएकी गदालको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको हो।घाँस काट्न भनेर जंगलतर्फ जाँदै गरेको अवस्थामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्‍कर दिएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेको मोटरसाइकलको खोजी थालिएको जानकारी प्रहरीले दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.