वीरगन्जको पेन्ट गोदाममा भीषण आगलागी

वीरगन्जको पेन्ट गोदाममा भीषण आगलागी

वीरगन्ज :  वीरगन्ज महानगरपालिका ११  श्रीपुरमा रहेको पेन्ट र त्यसमा प्रयोग गरिने केमिकल्स (रसायन) गोदाममा भीषण आगलागी भएको छ।  श्रीपुरस्थित ओम आश्रम नजिकै रहेको अजय वर्णवाल सन्चालक रहेको लक्ष्मीदीप इन्टर प्राइजेजको गोदाममा मङगलबार साँझ आगलागी भएको हो।

आगलागीबाट गोदाममा भण्डारण गरेर राखिएका पेन्ट, पेन्ट बनाउन प्रयोग गरिने केमिकल, स्प्रिट  र पेन्ट उत्पदान गर्ने मेसिन जलेर नष्ट भएका छन्। 

मंगलबार साँझ ६ बजे अचानक आगलागी सुरु भएको थियो। चार वारुण यन्त्रको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको करिब दुई घण्टादेखि निभाउने प्रयास गरिरहेका छन् । 

अगो गोदामबाट छिमेकमा रहेको घरतर्फ सल्किएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए। आगो नियन्त्रणमा लिन वीरगन्ज महानगरपालिकाका दुई, पोखरीया नगरपालिका र कलैया उपहानगरपालिकाका दुईसँगै ६ वटा वारुण  यन्त्र पुगेका छन्। 
 
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी नायव उपरीक्षक राईले भने, ‘आगोले गोदाम भित्रका पेन्ट र केमिकलको ड्रमका साथै मेसिन पनि जलेर नष्ट भएका छन्।’

गोदामका सन्चालक वर्णवाल पनि अहिलेसम्म सम्पर्कमा नआएकाले क्षतिको विवरण यकिन हुन नसकेको राईको भनाइ छ। उद्योगबाट सुरु भएको आगो छिमेकमा रहेको घरसम्म फैलिएको राईको भनाइ छ।    

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.