नेकपाका नेता चढेको कार दुर्घटना, चार घाइते

नेकपाका नेता चढेको कार दुर्घटना, चार घाइते

दाङ : नेकपाका नेता चढेकाे कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार दाङबाट बुटवल जाँदै गरेको बा १९ च १३३ नम्बरको कार दाङ र अर्घाखाँचीको सिमानामा दुर्घटना हुँदा नेकपाका प्रदेश कमिटी सदस्य, युवा संघका प्रदेश अध्यक्षसहित चार जना घाइते भएका हुन्। दुर्घटनामा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, प्रदेश सदस्य लक्ष्मण शर्मा, शिवकुमार आचार्य, शिवानन्द गिरी घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिक–८ अर्घाखाँचीमा कार र ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपाका नेताहरु चढेको बा १९ च १३३ नम्बरको कारलाई नारायणघाटबाट दाङको घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। घाइते सबै जनालाई दाङमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज रिफर गरिएको दाङ प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.