फोरम–नयाँ शक्ति एकीकरण अन्तिम चरणमा

फोरम–नयाँ शक्ति एकीकरण अन्तिम चरणमा

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने भएको छ। एकीकरण टुङग्याउन दुवै पार्टीका उच्च तहमा बैठक चलिरहेका छन्।

केही दिन भित्रै एकीकरण सक्ने गरी भट्टराई र यादवबीचको वार्ता सकारात्मक बनेपछि फोरमले २७ गतेदेखि गर्ने तय गरेको महाधिवेशन सार्न लागेको छ।

महाधिवेशन सार्ने तथा एकीकरण वार्ता टुङग्याउने विषयमा निर्णय लिन उसले यही २१ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उता नयाँ शक्तिले पनि एकीकरण वार्ता सकारात्मक मोडमा पुगेपछि त्यसलाई अनुमोदन गर्न २० गते सचिवालय बैठक बोलाएको छ।

फोरम उच्च स्रोतका अनुसार दुवै पक्ष २५ सदस्यीय राष्ट्रिय कार्यकारी परिषद् बनाएर पार्टी एकीकरण गर्न तयार भएका छन्। एकीकृत पार्टीको अध्यक्षमा पूर्वप्रधानमन्त्री भट्टराई रहने छन् भने कार्यकारी अध्यक्ष यादव रहने मोटामोटी सहमति भएको छ। २५ सदस्यीय परिषद्मा १६ जना फोरम नेपालबाट तथा ९ जना नयाँ शक्तिका तर्फबाट रहने छन्।

पार्टीको नामसहित बाँकी कुरा टुग्याउन दुवै पक्षको बीचमा बुधबार राति अबेरसम्म बैठक चलेको थियो। नयाँ शक्तिका तर्फबाट भट्टराईका प्रतिनिधिका रूपमा नवराज सुवेदी र गंगा श्रेष्ठ र फोरम अध्यक्ष यादवका तर्फबाट राजेन्द्र श्रेष्ठ र रामसहाय यादवले एकीकरण वार्ता गरिरहेका छन्।

गत मंसिर दोस्रो साता बसेको संघीय समाजवादी फोरम नेपालको सचिवालय बैठकले विचार र मुद्दा मिल्ने दलसँग एकीकरण र मोर्चाबन्दी गर्ने निर्णय गरी राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता टोली पनि गठन गरेको थियो।

फोरम वार्ता टोली गठन गरे लगत्तै राजपा नेपाललाई समेत एकीकरणका लागि पत्र पठाएको थियो। फोरम वार्ता टोली सदस्य प्रकाश अधिकारीका अनुसार त्यसपछि नै नयाँ शक्तिसहित सबै पक्षसँग एकीकरणका लागि संवाद सुरु भएको हो। ‘वार्ता र संवाद भइरहेको छ’ अधिकारीले अन्नपूर्णसँग भने।

राजपसँग दुईतर्फी पत्राचार भए पनि एकीकरणका लागि ठोस संवाद भएको थिएन। फोरम नेपाल र नयाँशक्तिको बीचमा केही समय अघिदेखि उच्च तहमै संवाद सुरु भएको थियो। निर्वाचन पूर्व पनि फोरम र नयाँ शक्तिबीच एकीकरणको प्रशंग उठेपनि मूर्तरुप लिन सकेको थिएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.