१५ हजार बालबालिका विद्यालयबाहिर

१५ हजार बालबालिका विद्यालयबाहिर

हेटौंडा : करिब १५ हजार बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास निर्देशनालय प्रदेश ३ ले जनाएको छ। शैक्षिक सत्र ०७६ को भर्ना अभियानमा ती सबै बालबालिकालाई विद्यालय भर्ना गराउने निर्देशनालयको लक्ष्य छ।

प्रदेश ३ का सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसम्बन्धी हेटौंडामा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा निर्देशनालयले प्रस्तुत गरको तथ्यांकअनुसार ०७५ असार मसान्तसम्म २१ हजार सात सय २० जना बालबालिका विद्यालयबाहिर थिए। अघिल्लो वर्षको विद्यालय भर्ना अभियानमा विद्यालयबाहिर रहेका नौ हजार दुई सय ९४ बालबालिका विद्यालय भर्ना भएका थिए।

बाँकीमध्ये यस वर्ष करिब ६ हजार बालबालिका विद्यालय भर्ना भइसकेको केन्द्रको अनुमान छ। ‘२०७६ को भर्ना अभियानबाट विद्यालय भर्ना हुन बाँकी सबै बालबालिकालाई विद्यालयमा भर्ना गराउने लक्ष्य छ’, निर्देशनालयका प्रमुख दिनेशकुमार श्रेष्ठले भने।

विद्यालय भर्ना भएकामध्ये ०७५ असार मसान्तसम्म पाँच सय पाँच जना बालबालिकालाई विभिन्न व्यक्तिले अभिभावकत्व ग्रहण गरेको निर्देशनालयले जनाएको छ। निर्देशनालयको तथ्यांकअनुसार ०७४/७५ मा ३१ हजार १४ जना बालबालिका विद्यालयबाहिर थिए।

‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ प्रदेश सरकारले विद्यालय भर्ना अभियान सञ्चालन गरिरहेको छ। ‘बालबालिकालाई भर्ना गराउने र टिकाउने पनि हाम्रो लक्ष्य हो’, निर्देशनालयका प्रमुख श्रेष्ठले भने, ‘सोहीअनुसार योजना बनाएर भर्ना अभियान सञ्चालन गरिरहेका छौं।’

२२ स्थानीय तहलाई सम्मान 

प्रदेश सरकार स्थापना भएपछि ०७५ सालमा सञ्चालन गरेको भर्ना अभियानमा आफ्नो क्षेत्रभित्र विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउन सफल स्थानीय तहलाई सम्मान गरिएको छ।

सामाजिक विकास मन्त्रालयले आधारभूत शिक्षाको सुनिश्चितता भएको घोषणा गरेका २२ स्थानीय तहलाई सम्मान गरेको हो। आधारभूत शिक्षाको सुनिश्चितता भएको घोषणा गरेका स्थानीय तह धादिङमा सात, दोलखामा सात, ललितपुरमा पाँच, मकवानपुरमा एक, भक्तपुरमा एक र सिन्धुपाल्चोकमा एक छन्।

प्रदेश ३ का कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलालले स्थानीय तहका प्रमुखहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन्।

३८ विद्यार्थीलाई एक शिक्षक

निर्देशनालयको तथ्यांकअनुसार नयाँ शैक्षिक सत्र २०७६ को भर्ना अभियान सुरु हुनुअघि प्रदेश ३ मा ३८ जना विद्यार्थीलाई एक जना शिक्षकले पढाउँदै आएका थिए। माध्यमिक तहसम्म गरी प्रदेश ३ मा ११ लाख ६५ हजार ६ सय ११ विद्यार्थी रहेकामा ३० हजार पाँच सय २३ शिक्षक रहेको तथ्यांक छ। देशभरका शिक्षकमध्ये साढे १८ प्रतिशत शिक्षक प्रदेश ३ मा रहेको निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.