साताको सिनेमा : ‘दाल भात तरकारी’

साताको सिनेमा : ‘दाल भात तरकारी’

मह सञ्चारको ब्यानरमा निर्माण भएको फिल्म ‘दाल भात तरकारी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदै छ । अघिल्लो सफल फिल्म ‘शत्रु गते’ युनिटले निर्माण गरेको फिल्म नयाँ वर्ष २०७६ को प्रतीक्षित फिल्म मध्येको एक हो । यो फिल्म रिलिज हुन लागेको वर्षकै पहिलो ठूलो फिल्म हो ।

किरण केसीको प्रस्तुति रहेको फिल्मले प्रदर्शनपूर्व देशव्यापी कन्सर्ट सम्पन्न गरेको छ । ‘दर्शकसँग प्रत्यक्ष रूपमा फिल्मबारे जानकारी गराउने उद्देश्यले कन्सर्ट गरिएको हो’, किरणले भने, ‘हामीले दर्शकलाई फिल्म हेर्न निम्तो दिएर फिर्किएका छौं ।’ किरण पुत्र सुदन केसीले फिल्मको निर्देशन गरेका छन् ।

यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । हरिवंश आचार्य, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठ लगायतका कलाकारको फिल्ममा अभिनय छ ।

मित्र डी. गुरुङको सम्पादन रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत निर्मातामा छन् ।

तुलनात्मक रूपमा घोषणा गरेको दिनबाटै चर्चामा रहेको चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिसामा’ले युट्युबमा ५८ दिनसम्म आइपुग्दा एक करोड ५७ लाख भ्यु पाइसकेको छ । साथै ‘टिकटक’मा समेत उक्त गीत अहिलेसम्मकै हिट देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.