घोराही कारागारमा कैदीबन्दीबीच झडप, पाँच घाइते

घोराही कारागारमा कैदीबन्दीबीच झडप, पाँच घाइते

दाङ : दाङको घोराही कारागारमा कैदीबन्दीहरुबीच झडप भएको छ। कारागार भित्र भएको झडपमा परेर पाँच जना कैदी घाइते भएका छन्। शुक्रबार बिहान साढे २ बजे दुई समूहबीच भएको झडपमा पाँच जना कैदी घाइते भएको घोराही कारागार कार्यालयले जानकारी दिएको छ।

 कारागारका जेलर विष्णु पाण्डेका अनुसार कैदी-कैदीबीच मनमुटावका कारण विवाद भएको र विवादले ठूलो रुप लिएपछि कुटाकुट भएको थियो। पाण्डेले झडप हुनुको खास कारण खुल्न नसकेको बताए। घाइतेहरुको उपचार पछि उनीहरुलाई कारागारमै ल्याइएको र अवस्था सामान्य रहेको जेलर पाण्डेले बताए। 

राति  एकाएक कारागारमा झडप भएको हल्ला भएपछि सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर रोकेको पाण्डेले बताए। घटनाको बारेमा जिल्ला प्रशासन कार्यालय दाङले एक जना शाखा अधिकृतको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। छानविन समितिले कामसमेत सुरु गरिसकेको प्रशासनले जानकारी दिएको छ।

कारागारमा आर्थिक वर्ष सकिँदै गर्दा अर्को वर्षका लागि नाइके, चौकीदार नियुक्त गर्ने व्यवस्था हुन्छ त्यहि अनुसार आफू अनुकुल नाइके र चौकीदार नियुक्तिको विषयलाई लिएर भएको गुटबन्दीकै कारण कारागारभित्र झडप भएको हुनसक्ने कारागार स्रोतले बताएको छ। आफु अनुकुल नेतृत्व चयन गर्न बैशाखदेखि असारसम्म लभिङ हुने गर्दछ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.