मोटरसाइकलको ठक्‍करबाट ७८ वर्षीयको मृत्यु

मोटरसाइकलको ठक्‍करबाट ७८ वर्षीयको मृत्यु

 विराटनगर : मोरङको उर्लावारी नगरपालिका-५ स्थित मधुमल्ला बसस्टेण्डमा मोटरसाइकलको ठक्‍करबाट मंगलबार एक वृद्धको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ९ प ९४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री धनकुटा डाँडागाउँका ७८ वर्षीय लालबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उर्लाबारीस्थित गोदावरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरको विराट नर्सिङ होम ल्याइएको थियो। खड्काको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना लगत्तै चालक फरार रहेका कारण खोजी थालिएको र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.