नीति तथा कार्यक्रम खोक्रो आश्वासन मात्रै : महामन्त्री कोइराला

नीति तथा कार्यक्रम खोक्रो आश्वासन मात्रै : महामन्त्री कोइराला

नुवाकोट : नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाले वर्तमान सरकार दुई तिहाईको दम्भमा रहेका कारण जनतामा निराशा छाएको आरोप लगाए।जनतामाझ सुखी र सम्वृद्ध नेपाली नारा लिएर सरकार बनाएको नेकपाको सरकार नारामै सिमित हुँदा जनताले आश्वासनको पोको मात्रै पाएको उनको ठहर छ। 

नुवाकोटको विदुरमा मंगलबार कांग्रेसको राष्ट्रिय जागरण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री डा. कोइरालाले सरकार बनेको १४ महिना पुरा बित्दासमेत जनताले एउटै उदाहरणीय कामको अनुभव गर्न नपाएको दावी गरे।

उनले दुई तिहाइको घमण्डका कारण वर्तमान सरकारले नारालाई मात्रै सिमित गरेको हुँदा अब नेपाली जनताले मुल्यांकन गर्ने उचित समय आइसकेको पनि बताए। 

देशलाई विकास दिने दल भनेको कांग्रेस मात्रै रहेको दावी गर्दै महामन्त्री डा. कोइरालाले देशमा स्थायी शान्ति, संघीयताको कार्यान्वयन तथा संविधानको रक्षा गर्ने सवालमा सरकार असफल भइसकेको पनि बताए।

उनले देशमा हत्या, हिंशा तथा बलात्कारका घटनाका दोषीलाई कारवाही गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको पनि टिप्पणी गरे। 

नेकपामा ठूलो दल भन्ने घमण्ड र नेकपाको सरकारमा दुई तिहाइको घमण्डले जनताले विकास तथा परिवर्तन अनुभुति गर्न नपाएको ठहर गर्दै महामन्त्री कोइरालाले अब कांग्रेस एकढिक्‍का भएर कम्युनिस्ट अधिनायकवाद विरुद्ध जुट्ने समय आइसकेको बताए। नेपाले परिवर्तनका लागि कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको दावी रहेको छ। 

कोइरालाले कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम खोक्रो आश्वासन मात्र भएको समेत आरोप लगाएका छन्। उनले राष्ट्रपतिले प्रस्तुत गरेको केपी शर्माओली सरकारको अधिकांश कार्यक्रम कार्यान्वयन हुने विश्वसनीय आधार नभएको बताएका छन्।

'नीति तथा कार्यक्रममा देशमा ४ वर्षमा दोहोरो अंकको वृद्धिदर हुने सम्भावना पटक्कै छैन, आर्थिक गतिविधिको सूचांक आशावादी छैन, उनले अगाडि भने, 'वीरगञ्ज काठमाडौं र रसुवा-काठमाडौं रेलमार्गको दुई वर्षमा डीपीआर सकिने सैद्धान्तिक आधार पनि छैन। जनतालाई आश्वासन मात्र दिइएको छ, ओलीज्यु पहिले एउटा उदाहरणीय काम गरेर त देखाइदिनुस? अनि विश्वास गरौंला।'

महामन्त्री डा. कोइरालाले ५ लाख रोजगारी सिर्जना गर्ने सरकारको नीति तथा कार्यक्रमको विषय खोक्रो आश्वासन मात्र भएको टिप्पणी गरे।सबै नेपालीको स्वास्थ्य बीमा र सबै स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्रे गर्ने कुरा कर्णप्रीय सुनिए पनि सरकारले तोकेको समयमा पूरा नहुने बताए।

सोही कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुनरसिंह केसीले नेकपाको सरकारले जनतालाई भाषण र आश्वासन दिएर ग्याष्ट्रिक मात्र सिर्जना गरेको आरोप लगाए। दीर्घकालीन सोचका कुनै अभियान छैनन्, दुई तिहाइका नाममा आडम्बरले कसरी विकास हुन्छ? भन्दै केसीले प्रतिप्रश्न गरे। 

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह तामाङले देश विकासका लागि नारा र आस्वासन होइन, जनताको विश्वास  जितेर दुई तिहाइको सरकारले काम गर्नुपर्ने बताए। उनले देशमा महंगी तथा अपराध नियन्त्रणमा नेकपा सरकार असफल भएको बताए। 

सो कार्यक्रममा कांग्रेस केन्द्रीय प्रतिनिधि अर्जुनजंगबहादुर शाही, महिला संघकी केन्द्रीय सदस्य सुशीला उप्रेती, कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले सरकारले सुन प्रकरण, निर्मला पन्त हत्या प्रकरण, वाइडवडि प्रकरण, भ्रष्टाचार नियन्त्रणमा कुनै कदम चाल्न नसकेका कारण असफ भएको बताए। उनीहरुले अब कांग्रेस एकढिक्का भएर देश र जनताप्रति समर्पित हुनुपर्ने बेला आएको पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.