१ किलो गाँजासहित बालक पक्राउ

१ किलो गाँजासहित बालक पक्राउ

   

विराटनगर : विराटनगर महानगरपालिका–४ बरगाछीबाट लागुऔषध गाँजासहित सोमबार दिउँसो एक बालक पक्राउ परेका छन् । धनकुटाको शहीदभूमि गाउँपालिकास्थित खोकु घर भएका १५ वर्षीय विमान राई पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए।

राईका साथबाट १ किलो गाँजा बरामद भएको जानकारी उनले दिए । प्रहरीका अनुसार एउटा मोटरसाइकलको पछाडि बसेर धरानबाट विराटनगर आएका उनी बरगाछीमा ओर्लिएका थिए।

मोटरसाइकलबाट ओर्लिएर शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर बोकेको झोला र उनको शरीर खानतलासी गरेको थियो । त्यस क्रममा राईले बोकेको झोलाभित्र १ किलो गाँजा बरामद भएको एसपी केसीको भनाइ छ । उनी चढेर आएको मोटरसाइकलको पनि खोजी सुरु गरिएको प्रहरीको भनाइ छ।

राई पक्राउ परेसँगै धनकुटामा अवैध रुपमा उत्पादन गरिने गाँजा ओसारपसारमा बालबालिकाको प्रयोग गर्न थालिएको प्रहरीको भनाइ छ । प्रहरीले वास्ता नगर्ने भएकाले पनि बालबालिका प्रयोग गरेर गाँजा ओसारपसार गर्दै गन्तव्यसम्म पुर्‍याउन थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनले बालकबाट बरामद भएको गाँजा कहाँ लगिएको थियो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको बताए ।

‘बालकमाथि सुरु गरिएको अनुसन्धानले गाँजाको ओसारपसार र कारोवारका बारेमा केही नयाँ कुराहरु खुल्दै गएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘उनीसँग ‘कनेक्सन’ देखिएकाहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारवाही अघि बढाइने छ ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.