रंगशालाको विस्तृत अध्ययन सम्पन्न

रंगशालाको विस्तृत अध्ययन सम्पन्न

दमौली : साबिकको बीपी वनवाटिका खेलमैदानमा बनाइने लक्ष्य राखिएको बीपी बहुद्देश्यीय रंगशालाको विस्तृत सम्भाव्यता अध्ययन सकिएको छ। अध्ययनको जिम्मा पाएको भ्यान्कटेस् इन्जिनियरिङ एसोसिएट्सले रंगशालाको लागत १८ करोड अनुमान गरेको छ।

विविध खेल तथा ठूला सार्वजनिक कार्यक्रमसमेत गर्न मिल्ने गरी रंगशालाको डिजाइन तयार पारिएको छ। रंगशालामा इलाभेन साइडको फुटबल मैदानसहित दुई ब्याडमिन्टन कोर्ट र एक भलिबल कोर्टसमेत निर्माण गरिने भएको छ।

यी सबै खेल हुने गरी रंगशालामा मुख्य प्यारापिटमा तीन हजार दर्शक अटाउने अनुमान गरिएको छ। यसैगरी मिनी प्यारापिटमा दुई हजार दर्शक अटाउने गरी पूरै रंगशालामा पाँच हजार दर्शक अटाउने गरी तयार पार्न सकिने एसोसिएट्सका निर्देशक इन्जिनियर भूपेन्द्र श्रेष्ठले जानकारी दिए।

मैदानका लागि हाल पहिलो चरणमा बारबेर गरेर खेल्न योग्य बनाउन व्यास नगरपालिकाको ४० लाख तथा गोल प्रोजेक्टअन्तर्गत एन्फा तनहुँको १० लाख गरी ५० लाख रुपैयाँ लागतमा काम भइरहेको छ। अहिले साना काम भइरहे पनि रंगशालालाई बहुद्देश्यीय रूपमा विकास गर्ने लक्ष्य लिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बताए।

यसअघि मेला महोत्सवसमेत हुने ठाउँमा रंगशाला हुन लागेकाले ती कार्यक्रमका लागि विकल्प दिने गरी रंगशाला बनाइनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले सुझाव दिए। उनले ठूला सार्वजनिक कार्यक्रम समेत गर्न मिल्ने गरी रंगशालाको विकास हुनुपर्ने बताए।

एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले मैदानका लागि हाल १० लाख रुपैयाँ सघाए पनि आगामी दिनमा थप सहकार्य गर्न सकिने बताए।

हैरान्स क्लबका अध्यक्ष एवं व्यास ३ का वडा सदस्य रवीन पौडेलले खेलप्रेमीहरूका लागि गतिलो मैदान अभाव भएका बेला आधुनिक रंगशाला निर्माण हुनु नगर मात्र नभएर जिल्लावासीकै लागि गौरव भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.