विधेयक फिर्ता माग गर्दै पत्रकारले एक खुट्टा उचालेर विराेध प्रदर्शन गरे
इटहरी : नेपाल सरकारले मिडियालाई अंकुश लगाउन खोजेको भन्दै विरोध स्वरुप प्रेस युनियन सुनसरीले भिन्न तरिकाले सडकमा प्रदर्शन गरेको छ ।
संसदमा पेश गरिएको काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गर्दै पत्रकारहरुले इटहरी चोकमा एक खुट्टा उचालेर र मुखमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।
सरकारले मिडियालाई अपांग बनाउन खोजेको भन्दै पत्रकारहरुले सांकेतिक विरोध जनाएको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए । विरोध प्रदर्शनपछि बोल्दै उनले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुइटेल, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालगायतले विधेयकका प्रावधानहरु सच्याउन माग गरेका छन् ।
यसअघि नेपाल पत्रकार महासंघ सुनसरीले समेत हातमा कालोपट्टी बाँधेर विरोध जनाएको थियो । इटहरी, इनरुवा, धरानलगायत ठाउँमा पत्रकारहरु भेला भएर कालोपट्टी बाँधेका हुन् ।