चरिकोटबाट काकडभिट्टासम्म बस सेवा सुरु

चरिकोटबाट काकडभिट्टासम्म बस सेवा सुरु

दोलखा : दोलखा सदरमुकाम चरिकोटबाट झापा जिल्लाको काकडभिट्टासम्म बस सेवा सञ्चालनमा आएको छ ।

रोल्वालिङ यातायात सहकारी संस्था लि, अरनिको यातायात सेवा समिति, बिपी यातायात तथा पूर्वको मेची यातायातको संयुक्त पहलमा बुधवारबाट दोलखा–झापा बस सेवाबाट जोडिएको हो ।

चरिकोट–काकडभिट्टा बस सेवा सञ्चालन हुनुअघि चरिकोटबाट बर्दिवाससम्म मात्र बससेवा सञ्चालनमा थियो । बर्दिवासबाट अर्को सवारी साधन चढ्नुपर्ने बाध्यता यात्रुहरुलाई थियो ।

रोल्वालिङ यातायात सहकारी संस्थाका अध्यक्ष बालकृष्ण आचार्यले काकडभिट्टा जान लागेको रोल्वालिङ यातायात सहकारीमा आवद्ध बसका चालकलाई खादा लगाई चरिकोट–काकडभिट्टा बस सेवा सञ्चालन भएको औपचारिक रुपमा जानकारी दिएका हुन् ।

एउटा बस दैनिक चरिकोटबाट अपरान्ह २ बजे काकडभिट्टाको लागि छुट्ने छ भने काकडभिट्टाबाट अपरान्ह २ बजे चरिकोटका लागि छुट्ने आचार्यले बताए । चरिकोटदेखि काकडभिट्टासम्मको भाडा एकहजार एकसय निर्धारण गरिएको छ । यात्रुको चापलाई हेरी आवश्यक परेमा बसको संख्या बढाइने अध्यक्ष उनले बताए ।

चरिकोट काकडभिट्टासम्म सिधा बस सेवा सञ्चालन हुँदा आफूहरुलाई आवतजावत गर्न सजिलो भएको चरिकोटमा मजदुरी गरिरहेका भारदहका रामदयाल महतोले बताए । रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेड, अरनीको यातायात सेवा समिति, बिपी यातायात तथा मेची यातायातको सहमतिमा बस सेवा सञ्चालनमा ल्याइएको रोल्वालिङ यातायात सहकारीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.