‘सो पिस’ बाट लिड रोलतिर

‘सो पिस’ बाट लिड रोलतिर

नेपाली फिल्ममा नायिकाको काम वर्षौंसम्म नायकको वरिपरि नाच्ने र पीडा देखाउँदै नायकको सहारा लिने नै रह्यो। उनीहरूलाई मुख्य भूमिकामा देखिन धेरै समय कुर्नु पर्‍यो। भलै पहिलो नेपाली फिल्मको नाम ‘आमा’ भए पनि फिल्ममा दिइएको भूमिका र कथावस्तुले भने नायिकालाई भन्दा नायकलाई नै बलियो देखायो। यो क्रमले वर्षौंसम्म निरन्तरता पाई नै रह्यो।

नेपाली फिल्म उद्योगले ६ दशक टेक्नै लाग्दा अहिले भने यो माहोलमा केही परिवर्तन देखिन थालेको छ। एकातिर फिल्ममा नायिकाप्रधान कथावस्तु प्रयोग हुन थालेका छन् भने अर्कातिर नायिकालाई पनि नायककै समानान्तर भूमिकामा प्रस्तुत गर्न थालिएको छ। अघिल्लो पुस्ताका नायिकालाई दोस्रो पुस्ताले विस्थापित गर्दै लैजाने क्रममा यो परिवर्तन देखिएको हो। फिल्मको रोलमा मात्रै सुधार भएको होइन, पारि श्रमिकमा पनि सुधार अएको छ। नायक र नायिकाको पारि श्रमिकमा आकाश जमिनको फरक थियो तर विस्तारै यो दूरी घट्दै गएको छ। यो परिवर्तनलाई समय र दर्शकको मागका रूपमा लिन्छन् उनीहरू।

नायिका रेखा थापाले आफ्नै लगानीमा फिल्म निर्माण गर्न लागेपछि उनले आफूलाई उद्योगमा लेडी हिरोका रूपमा प्रवेश गराइन्। नायकसरह नै फाइट र स्टन्ट गर्ने ‘बोल्ड क्यारेक्टर’मा आफूलाई प्रस्तुत गरिन्। कुनै समयका नायिका नै लगानीकर्ता र निर्देशकसमेत बन्न थालेपछि नायिकालाई फिल्ममा प्रस्तुत गर्ने शैलीमा परिवर्तन आएको हो।

फिल्म ‘प्रेमगीत’मार्फत चर्चामा आएकी पूजा शर्मा फिल्म बोक्न सक्ने नायिकामा पर्छिन्। अझै ‘रामकहानी’बाट निर्मात्री बनेपछि उनले फिल्ममा आफ्नो रोल बोल्ड बनाउँदै लगेकी छन्। रेखा, पूजा र झरना थापाहरूले आफैं लगानी गर्दै फिल्म बनाउन थालेपछि उनीहरूका फिल्ममा नायिकाको उपस्थिति बलियो बन्दै गएको छ।

नेपाली फिल्मको निर्माण संख्यात्मक रूपले मात्रै बढेको छैन, त्यहीअनुसार त्यसको बजेट र कलाकारको पारि        श्रमिक पनि वृद्धि हुँदै गइरहेको छ। अहिले एउटी नायिकाले १५ देखि २० लाख रुपैयाँसम्म पारि श्रमिक डिमान्ड गर्न थालेका छन्। केही वर्षअघिसम्म ४०÷५० लाख रुपैयाँको बजेटमा बन्ने नेपाली फिल्मको बजेट अहिले बढेर दुई÷तीन करोड रुपैयाँसम्म पुगेको छ।

अहिले आफूलाई स्टारको अघिल्लो सूचीमा राखेकी नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह पारि श्रमिकको मामिलामा निकै अघि देखिएकी छन्। तर उनका पछिल्ला फिल्मले भने अपेक्षाकृत व्यापार गर्न सकेनन्।

एकातिर फिल्ममा नायिकाप्रधान कथावस्तु प्रयोग हुन थालेका छन् भने अर्कातिर नायिकालाई पनि नायककै समानान्तर भूमिकामा प्रस्तुत गर्न थालिएको छ।

सुदर्शन थापा निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’बाट चर्चामा आएकी नम्रता श्रेष्ठले पनि उद्योगलाई धेरै हिट फिल्म दिएकी छन्। उनको पछिल्लो फिल्म ‘प्रसाद’ धेरै कोणबाट चर्चामा रह्यो। ग्ल्यामरस छवि बनाएकी उनले यो फिल्ममा निर्वाह गरेको फरक रोलले उनलाई भर्सटायल अभिनेत्रीको सूचीमा उभ्यायो। ‘पर्व’, ‘नोभेम्बर रेन’जस्ता फिल्ममा उनले फरकफरक भूमिका निर्वाह गरिन्।

फिल्मभन्दा पनि म्युजिक भिडियोतिर धेरै देखिएकी प्रियंका कार्की अभिनीत ‘छक्कापञ्जा’ले उनलाई बिकाउ नायिकाका रूपमा चिनायो। उनले यो फिल्ममा निर्वाह गरेको भूमिकाले उनलाई फिल्म बोक्नसक्ने नायिका बनायो। प्रायः साइड रोलमा देखिँदै आएकी नम्रता सापकोटा पनि अहिले मैदानमा बिक्ने नाम भएको छ। ‘समर लभ’मा निर्वाह गरेको रोलबाट उनले अवार्डसमेत प्राप्त गरेकी छन्।

अभिनय क्षमताका कारण चर्चामा रहेकी अर्की नायिका हुन्, ऋचा शर्मा। ‘टलकजंग भर्सेस टुल्के’की फुली अनि उमाकी उमाका रूपमा उनले आफूलाई लेडी हिरोका रूपमा परिचित गराइन्। पछिल्लो समय वर्षा राउत र वर्षा शिवाकोटी प्रतिस्पर्धी नायिकाका रूपमा देखिएका छन्। उनीहरू अभिनीत चलचित्रहरू एकै दिन प्रदर्शनमा आएका छन्। हिट फिल्म खासै दिन नसके पनि केकी अधिकारी पनि उद्योगमा खोजी गरिने नायिकामा पर्छिन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.