जाजरकोटका पत्रकार पनि आन्दोलित

जाजरकोटका पत्रकार पनि आन्दोलित

जाजरकोट : पत्रकारितामा प्रयोग गरिने संचार सामाग्रीसहित जाजरकोटका पत्रकार शुक्रबार सडकमा आएका छन्।नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकार संचार सामाग्रीसहित शुक्रबार सडकमा आएका हुन्।

नेपाल सरकारको मन्त्री परिषद्‍बाट पारित भई गत वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजेको भन्दै त्यसको विरोधमा जिल्लाका पत्रकार संचार सामाग्री लिएर दिनभर सडकमा आएका थिए।

जिल्ला सदरमुकाम खलंगाको सबैभन्दा व्यस्त बजार ठाँटीमा संचार सामाग्रीसहित प्रदर्शन गरे। मिडिया काउन्सिल गठन गर्न सरकारले दर्ता गराएको विधेयकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुंठित गर्ने प्रावधान राखिएको भन्दै पत्रकारले आन्दोलन गर्नुपर्ने बाध्यता आएको नेपाल पत्रकार महासंघ, जाजरकोटका अध्यक्ष भीमबहादुर सिंहले बताए।

काउन्सिलको स्वायत्तता नरहने गरी नियन्त्रित अंगका रुपमा गठन गरिने काउन्सिलले सञ्चार क्षेत्रको पुनर्संचनाको आवश्यक्तालाई सम्बोधन गर्दैन अध्यक्ष सिंहले भने। पत्रकार आचासंहिता उल्लङ्घन भएमा २५ हजार देखि १० लाखसम्म जरिवाना तथा जति पनि क्षतिपूर्ति गराउने कठोर आर्थिक दण्डले प्रेस स्वतन्त्रतालाई आघात पार्ने अध्यक्ष सिंहको भनाई रहेको थियो।

मिडिया काउन्सिल विधेयकका साथै सञ्चारसम्बन्धी सबै कानुन महासंघसहित सबै सरोकारवालासँग छलफल गरेर मात्रै ल्याउन सरकारसँग महासंघले माग राखेको अध्यक्ष सिंहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.