कांग्रेस जागरण अभियान फितलो

कांग्रेस जागरण अभियान फितलो

काठमाडौं : पार्टीको तल्लो तहसम्म पुनर्ताजगी ल्याउन कांग्रेसले सुरु गरेको जागरण अभियान फितलो देखिएको छ। ७७ जिल्लाका सात सय ५३ स्थानीय तहसम्म कांग्रेसले जागरण अभियान व्यापक रूपमा गर्ने भने पनि पार्टी भित्रको लथालिङग संरचना र केन्द्रीय नेतृत्वमा रहेको असन्तुष्टिका कारण प्रभावकारी नदेखिएको हो। जागरण अभियानलाई प्रभावकारी बनाउन नेतृत्वले अनुशासन समिति परिचालन गरेपनि पार्टीको संरचना प्रदेश र स्थानीय तहमा नबनाएका प्रभावकारी बन्न नसकेको हो।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टीको तल्लो तहभन्दा पनि माथिल्लो तहमै जागरणको आवश्यकता रहेको व्यङग्य गरे। ‘नगरदेखि गाउँ वडासम्म पार्टी इकाइ नै नबनेको अवस्थामा कसलाई जागरुक बनाउन राष्ट्रिय जागरण अभियान चलाएको’, कोइरालाको प्रश्न थियो।

वैशाख २५ देखि सुरु भएको कांग्रेसको जागरण अभियानमा कोइराला केन्द्रीय प्रतिनिधिका रूपमा काभ्रे खटेका छन्। कार्यकर्तालाई भन्दा बढी झगडा गरिराख्ने केन्द्रीय नेतालाई जागरण अभियान चाहिएको उनको भनाइ थियो। ‘जागरण कसलाई चाहियो ? नेतृत्वलाई हामीलाई कि, तपाईंहरूलाई ? ’ कोइरालाले कार्यक्रममा सहभागी कार्यकर्तालाई सोधे, ‘तपाईंहरू त यसै जागरुक हुनुहुन्छ। झगडा गरिराख्ने हामीलाई पो जागरण चाहिएको हो।’

संविधान जारी भएको ४ चार वर्ष विते पनि कांग्रेसले मुलुकको नयाँ संरचना अनुसार पार्टीको आन्तरिक संगठन बनाउन सकेका छैन। कांग्रेसको १३ औं महाधिवेशनले नै प्रदेश तहमा संरचना बनाउने बाटो खोले पनि नेतृत्वले अहिलेसम्म प्रदेश समिति बनाउन सकेको छैन। नयाँ संविधानपछि फरिएको निर्वाचन क्षेत्र र स्थानीय तहमा पनि कांग्रेसको संरचना बन्न सकेको छैन। गएको महासमिति बैठकले संविधान अनुसारको पार्टी विधान नयाँ बनाए पनि त्यसअनुरूप पार्टी संरचना बनाउन काम कांग्रेसले सुरु गर्न सकेका छैन।

‘कतिपय निर्वाचन क्षेत्रमा क्षेत्रीय अध्यक्ष नै छैनन भने कतिपय ठाउँमा दुई अध्यक्ष छन्’, खोटाङमा रहेका कांग्रेस नेता उदय शम्शेर राणाले भने, ‘जागरण अभियानले तलसम्म जागरुकता बढाए पनि पार्टी संरचनाको अभाव खटकिएको छ।’

वैशाख ३ गते कांगेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको जागरण अभियानको औपचारिक जानकारी संचारमाध्यमलाई दिए लगतै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सभापति इतर समूहका कतिपय नेताले असन्तुष्टि जनाएका थिए। उनीहरूले सभापति शेरबहादुर देउवाले आफूहरूसँग जागरण अभियानका बारेमा सल्लाह नगरेको आरोप लगाएका थिए। केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्यलाई जिल्ला–जिल्लाको प्रतिनिधि तोक्दा पनि सभापति देउवाले अन्य नेतासँग सल्लाह नगरेको आवाज पार्टी भित्र उठेको थियो।

अनुशासन समितिले जागरण अभियानका क्रममा पार्टी नेतृत्वको आलोचना नगर्न र अभियानको अनुगमन गर्न कानुन व्यवसायीलाई खटाउने निर्णय सार्वजनिक गरेपछि पार्टी भित्र त्यसको झनै आलोचना भयो। कतिपय शीर्ष नेताले पार्टी भित्र यस्तो गर्न नहुने तर्क गरेका थिए। जागरण अभियानको अनुगमन अनुशासन समितिले अनुगमन गरिरहेको छ। समितिका संयोजक भीष्मराज आङदम्बेले डीएलएमा आवद्ध कानुन व्यवसायीलाई ७७ वटै जिल्लामा अनुगमनका लागि खटाइएको बताए। ‘सिन्धुपाल्चोकबाट एउटा उजुरी समेत आएको छ’, आङदम्बेले अन्नपूर्णसँग भने, ‘२५ जेठमा सकिएपछि हामीले सबै ठाउँबाट रिर्पोट संकलन गर्ने छाैं।’

आडदम्बे नेतृत्वको अनुशासन समितिले जागरण अभियानको क्रममा पार्टी भित्रबाट असहयोग गर्ने नेताको सूची संकलन गरी कारवाही सिफारिस गर्ने छन्। धादिङ खटिएका अर्का नेता प्रदीप पौडेलले जागरण अभियान राम्रो भए पनि केन्द्रीय नेतृत्वको तयारी अभावका कारण प्रभावकारी नभएको बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.