पाँचथर हत्याकाण्ड : ‘एउटी छोरी थिई मारिदिए, १५ घण्टासम्म शव देख्न पाएको छैन’

पाँचथर हत्याकाण्ड : ‘एउटी छोरी थिई मारिदिए, १५ घण्टासम्म शव देख्न पाएको छैन’

पाँचथर : दुई परिवारका नौ जनाको वीभत्स हत्याले पाँचथर पूरै शोकमा छ। मिक्लाजुङ गाउँपालिबासी भावविह्वल छन्। मिक्लाजुङ ३ आरुबोटे आँसुमा डुबेको छ। जनताको भरोसा स्थानीय सरकार र सुरक्षाकर्मी नाजवाफ छन्। बमबहादुर फियाक र धनराज शेर्माको परिवारमा अब कोही छैनन्। घरभित्र विक्षिप्त शव मात्र छन्। 

छोरी इक्सा शेर्मासँगै भाइको सबै परिवारको हत्याको गहिरो पीडामा छन् मासिमप्रसाद शेर्मा। आठ वर्षीया इक्साको शव कुरेको मात्र उनले १५ घण्टा भइसक्यो। तर, शवसम्म देख्न पाएका छैनन्। 

‘मेरी एउटी छोरी थिई। उसलाई पनि मारिदिए,’ मासिमले भने, ‘घटना भएको १५ घण्टा भइसक्यो, छोरीको शव देख्न पाएको छैन।’ छोरीको हत्या पीडामा रहेका मासिमले अघिल्लो साल श्रीमतीले छोडेर गएको सम्झिए, ‘अघिल्लो साल श्रीमतीले छाडेर गई, अहिले छोरीलाई मारिदिए।’

>>>पाँचथरमा एकै परिवारका ९ जनाको हत्या

हत्या भएका नौ जनाकै शव प्रहरीले स्थानीय जनप्रतिनिधिबाहेक कसैलाई हेर्न दिएको छैन। मुजुल्का भइरहेकाले सर्वसाधारणलाई हेर्न नदिएको प्रहरीको भनाइ छ। नौ जनाकै शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी गरिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। 

सोमबार मध्यरातमाा घटना भए पनि स्थानीयले मंगलबार बिहान मात्र थाहा पाएका थिए। स्थानीयले थाहा पाएपछि मात्रै घटनास्थलमा प्रहरी पुगेको स्थानीय वीरेन्द्रकुमार शेर्माले जानकारी दिए। ‘म नाताभित्रको मान्छे पनि हुँ,’ वीरेन्द्रले भने, ‘मलाई बिहान फोन आएपछि मात्रै घटनाको बारेमा जानकारी भयो। प्रहरीले शव हेर्न दिएको छैन।’

बमबहादुर फियाकसहित उनकी श्रीमती, छोरी, ज्वाइँ र नातीनीको हत्या भएको हो। दुई घरमा बसेका नौ जनाको हत्या भएको हो। बमबहादुरको घरमा रहेका चारजना र उनका ज्वाइँ धनराज शेर्माको घरमा रहेका पाँचको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। 

बमबहादुरसहित उनकी श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातीनी आसिका खजुमको हत्या भएको हो।  बमबहादुरका ज्वाइँ धनराज शेर्माको घरमा बसेका धनराजसहित उनकी श्रीमती जस्मिता फियाक (शेर्मा) धनराजकी छोरी युहाना शेर्मा, मुना शेर्मा र भतिजी इक्सा शेर्माको हत्या भएको हो। 

बमबहादुरकै अर्की नातिनी सीता खजुम घाइते भएकी छिन्। उनले भागेर ज्यान जोगाएकी हुन्।  उनलाई उपचारका लागि झापा पठाइएको पाँचथरका प्रजिअ वस्तीले बताए। 

हत्या भएको ससुरा ज्वाइँको घर पैदल हिँड्दा १५ मिनेटको दूरीमा छ। परिवारभित्रकै नौ जनाको हत्या भएको खबर बाहिर आए लगत्तै बमबहादुरका कान्छा ज्वाइँ मनबहादुर माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको छ। मिक्लाजुङ–८ लुमाङदेनमा माखिको शव झुण्डिएको अवस्थामा भेटिएको हो।
माखिम बमबहादुरकै कान्छी छोरी मनकुमारीका श्रीमान् हुन्। 

मनकुमारी र मानबहादुरबीच सम्बन्धमा खटपट आएकाले मनबहादुरले परिवारकै हत्या गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। मानबहादुर र मनकुमारीले सम्बन्ध विच्छेदको तयारी गरिरहेका बेल परिवारकै हत्या भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए। ‘घटनाको छानबिन भइरहेको छ,’ अध्यक्ष फियाकले भने ‘हत्याको घटनाले पूरै गाउँ शोकमा डुबेको छ।’

बमबहादुरका चार छोरीमध्ये दुई छोरी ज्वाइँ नातिनीको हत्या भएको हो। सबैको खुकुरीले हत्या भएको प्रहरीको भनाइ छ। ‘सबैलाई वीभत्स रुपमा काटिएको अवस्थामा भेटिएको छ,’ प्रजिअ वस्तीले भने, ‘थप अनुसन्धान भइरहेको छ। मुखमा नकाब लगाएर आएका व्यक्तिले एकाएक खुकुरी प्रहार गरेको घाइते सीता खजुमले बताइन्। आफूले भागेर ज्यान बचाएको उनको भनाइ छ।

करिब दुई हप्ता अघि जस्मिताको घरमा थुक्पाको खाजा खाने आठजना बिरामी परेका थिए। जस्मिताकै छोरीसहित ढाका बुनाई तालिममा सहभागी आठ जना बिरामी परेका थिए। 

>>पाँचथर हत्याकाण्ड : परिवारका नौ जनाको हत्या लगत्तै मानबहादुरले आत्महत्या गरेपछि..

खाजा खाइसकेपछि  सबै बिरामी भएर खोजी गर्दा नुनमा सिसा मिसाएको पाइएको थियो। त्यतिखेरै सबै मार्ने षडयन्त्र अनुसार खानेकुरमा सिसा मिसाइदिएको स्थानीयको अनुमान छ। 

थुक्पामा सिसा मिसाएर मार्ने योजना असफल भएपछि गएराति सबैको हत्या गरिएको स्थानीयको आरोप छ। खानेकुमार सिसा मिसाएर खुवाएको घटना सार्वजनिक भए पनि प्रहरी र स्थानीय सरकारले चासो नदिँदा नौजनाको हत्या भएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका छन्। 

>>>वीभत्स हत्याको एक साताअघि : जब थुक्पामा सिसा भेटिएको थियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.