जो भागेर बाँचिन्

जो भागेर बाँचिन्

दमक : हत्याकाण्डमा बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो। सीताको हात भाँच्चिएको छ।

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाँच्चिएको बताएकी छन्। उनी मानसिक रुपमा विक्षिप्त छिन्। शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएको छ।

चिकित्सक र सुरक्षाकर्मीले उनलाई भेट्न कडाइ गरेका छन्। उनी आत्तिएको अवस्थामा रहे पनि शारीरिक रुपमा भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

पाँचथर हत्याकाण्डमा संलग्नको खोजीका लागि दमकमा प्रहरी परिचालन गरिएको छ। चपेटी, बाह्रकोठेलगायत क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ। डिएसपी श्यामल सुब्बाका अनुसार प्रहरी अधिकृतसहितको टोली खटिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.