युरिया मल अभाव

युरिया मल अभाव

दमौली : दमौलीको नवीन उपभोक्ता सहकारीको सुपथ मूल्य पसलमा केही दिन अघिसम्म किसानको घुइँचो थियो । उनीहरू सबै युरिया मल खरिद गर्न आएका हुन् । तर, किसानले दुई दिनयता मल पाउन छाडेका छन् । पसलका व्यवस्थापक अतिन्द्रकेशरी न्यौपानेले आफूसँग भएको मौज्दात सकिएकाले उपभोक्तालाई दिन नसकिएको बताए । ‘कृषि सामग्री संस्थानमा सकिएपछि पोखराको साल्ट ट्रेडिङबाट मगाएका थियौं’, उनले भने, ‘त्यो पनि सकिएपछि अहिले दिन सकिएन ।’

केही दिन अघिदेखि नै मल अभाव भएको सुनेका किसान सहकारीमा दिनहुँ लाइन बस्न थालेका थिए । अब त्यही पनि सकिएपछि उनीहरूलाई समस्या भएको छ । मल किन्न घाँसीकुवादेखि आएका कृष्णहरि नैनावस्तीले चैते धान गोड्ने बेला मल नभएकाले बालीमा समस्या पर्ने बताए । ‘अहिले गोड्ने बेला हो तर मल छैन’, उनले भने, ‘समयमा मल नपाएपछि उब्जाउ घट्ने भयो ।’ अहिले धानबाहेक मकै गोडेर युरिया मल राख्ने समय हो । तर अबको करिब १५ दिनसम्म मल आउने छाँटकाट छैन ।

नवीन उपभोक्ता सहकारीका न्यौपानेले ट्रेडिङमा पनि मौज्दात सकिएकाले दुई हप्ताअघि मल आउने सम्भावना कम भएको बताए । दमौलीमा रहेको कृषि सामग्री संस्थानले मल आउन अझै दुई हप्ता लाग्ने बताएको छ । संस्थानका सूचना अधिकारी राजन न्यौपानेले भारतबाटै आउनुपर्ने भएकाले केही समय लाग्ने बताए । मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता छ । त्यही भएर कतिपयले बजारमा बढी मूल्य तिरेर पनि युरिया खरिद गरेका छन् । कम गुणस्तरको युरिया बढी मूल्य तिरेर किनेको साँगेका कृषक कृष्णप्रसाद वाग्लेले बताए । उनले २५ रुपैयाँ प्रतिकेजीका दरले मल किनेको बताए । गाउँमा मल नपाइएपछि बढी मूल्यमा किन्नु परेको उनले बताए ।

दमौलीस्थित कृषि सामग्री संस्थानले मल आउन अझै दुई हप्ता लाग्ने जानकारी दिएको छ ।

व्यास ६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले मल अभाव भएको बताए । किसान संघका केन्द्रीय प्रतिनिधिसमेत रहेका उनले गाउँमा नपाइएपछि बजारबाट बढी मूल्य तिरेर पनि किसानले मल लगेको जानकारी पाएको बताए । ‘गाउँका सहकारीमा पनि मल नभएकाले बजारबाट बढी मूल्यमा किन्नु परेको गुनासो छ’, उनले भने । उनले समयमै मल पाउने व्यवस्था हुनुपर्ने माग पनि गरे । सरकारले बिक्रेतालाई कमिसनसहित १६ रुपैयाँमा मल बेच्न सकिने गरी अनुदानको मल दिने गरेको छ । तर, त्यसमा आफूखुसी मूल्य सहकारीले लिएका छन् । अभावका बेला गाउँमा सहकारीका नाममा गएको मल व्यापारीले बढी मूल्य लिएर ंबेचेको गुनासो सुनिएको तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मि श्रले बताए । उनले यसको अनुगमन नहुँदा किसान बढी मर्कामा पर्ने गरेको बताए ।

नवीन सहकारीका न्यौपानेले आफूले भएको मल बेचे पनि चाहिनेभन्दा बढी खरिद गर्नेले बढी मूल्यमा मल बेचेको हुन सक्ने दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.