टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर : मोरङमा टिपरको ठक्करबाट बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो। 

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा मोटरसाइकल चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते बस्नेतको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १२:३० बजे मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ। 

उनका अनुसार टिपर र चालक धनुषा पुस्कलपुरका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। घटनाको विरोधमा स्थानीय बासिन्दाले खोर्साने–केराबारी सडक खण्ड र पूर्व–पश्चिम राजमार्ग बन्दको प्रयास गरेका थिए। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक भने बन्द गर्न नदिइएको प्रहरीले जनाएको छ। 

चालु आर्थिक वर्षको हालसम्म मात्रै मोरङमा टिपरको ठक्करबाट ५ जनाको मृत्यु भइसकेको छ। सुन्दरहरैंचामा गत माघ १३ गते ११ वर्षीय बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएपछि घटनाको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले सातवटा टिपरमा आगजनी गरेर क्षति पुर्‍याएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.