बारामा पाइप बोकेको भारतीय ट्रकमा आगजनी

बारामा पाइप बोकेको भारतीय ट्रकमा आगजनी

सिमरा : बाराको सिमरामा रोकिराखेको भारतिय लरी (ट्रक)मा आइतबार राती अज्ञात समुहले आगजनी गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो । ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए।

आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । ट्रकमा आगो लगाउने व्यक्ति वा समुहको पहिचान नभएको र खोजी भइरहेको प्रहरी निरीक्षक हमालले बताए।

यसैगरी नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाले आवहान गरेको नेपाल बन्दका कारण बारामा लामो दुरीका सवारी साधन ठप्प छन् । राजमार्गमा छोटो दुरीका केही सवारी साधन चलेका छन् ।अधिकांश शैक्षिक संस्था बन्द छन् । प्रहरीले राजमार्गमा सुरक्षा व्यवस्था कडा पारेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.