१३ सय किमी सडक निर्माण

१३ सय किमी सडक निर्माण

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रणनीतिक र स्थानीय सडक सञ्जाल एक हजार तीन सय पाँच किलोमिटरले विस्तार भएको छ। आर्थिक वर्ष २०७४÷७५ मा सडक विस्तारको अवस्था ३० हजार ८८ किमी थियो।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै फागुनसम्म सडक विस्तार ३१ हजार तीन सय ९३ किमी पुगेको जानकारी गराएका हुन्। आठ महिनामा कालोपत्रे सडक तीन सय ९५ किमी, खण्डस्मित (ग्राभेल) ६ सय ५० किमी र कच्ची सडक दुई सय ६० किमी विस्तार भएको छ। फागुनसम्म १४ हजार एक सय दुई किमी (४४.९) प्रतिशत कालोपत्रे, खण्डास्मित (ग्राभेल) सात हजार आठ सय ८१ (२५.१) प्रतिशत र कच्ची नौ हजार चार सय १० किमी (३०) प्रतिशत सडक सञ्जाल पुगेको छ।

हुम्लाबाहेक मुलुकको अन्य जिल्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएका छन्। प्रदेश स्तरमा ६० हजार एक सय ६३ किमी सडक विस्तार भइसकेको छ। कच्ची ४३ हजार ६६ किमी (७१.६) प्रतिशत, ग्राभेल १३ हजार एक सय ५१ किमी (२१.९) प्रतिशत र कालोपत्रे तीन हजार नौ सय ४६ किमी (६.५) प्रतिशत छ। प्रदेश नं १ मा १२ हजार एक सय १ किमीसडक निर्माण भएको छ।

कच्ची नौ हजार एक सय ७ किलोमिटर, ग्राभेल दुइ हजार चार सय ६४ किमीर कालोपत्रे पाँच सय ३० किमी छ। प्रदेश नं २ मा पाँच हजार सात सय ६० किमी सडक निर्माण भएको छ। कच्ची दुई हजार सात सय ६० किमी, ग्राभेल दुइ हजार सात सय ४२ किमी र कालोपत्रे दुई सय पाँच किमी छ।

प्रदेश नं ३ मा १५ हजार ७५ किमीसडक निर्माण भएको छ। कच्ची ११ हजार चार सय ७२ किलोमिटर, ग्राभेल दुई हजार ६ सय ७७ किमी र कालोपत्रे नौ सय २६ किमी छ। गण्डकी प्रदेशमा ११ हजार एक सय किमी सडक निर्माण भएको छ। कच्ची नौ हजार तीन सय ५३ किलोमिटर, ग्राभेल एक हजार तीन सय १६ किमी र कालोपत्रे चार सय ३१ किमी छ।

प्रदेश नं ५ मा आठ हजार सात सय किमी सडक निर्माण भएको छ। कच्ची पाँच हजार दुई सय ७९ किलोमिटर, ग्राभेल दुइ हजार सात सय ६६ किमी र कालोपत्रे ६ सय ५५ किमी छ।

कर्णाली प्रदेशमा दुई हजार ६ सय ८७ किमी सडक निर्माण भएको छ। कच्ची दुई हजार चार सय ४९ किलोमिटर, ग्राभेल एक सय ८४ किमी र कालोपत्रे ५५ किमी छ। सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ३९ किमी सडक निर्माण भएको छ। कच्ची दुई हजार ६ सय ६४ किलोमिटर, ग्राभेल ९ सय ३१ किमी र कालोपत्रे एक हजार एक सय ४४ किमी छ।

स्थानीय तहबाट ६० हजार एक सय ६३ किमी सडक निर्माण भएको छ। कच्ची ४३ हजार ६६ किलोमिटर, ग्राभेल १३ हजार एक सय ५१ किलोमिटर, कालोपत्रे सडक तीन हजार ९ सय ४६ किमी निर्माण भएको छ।

स्थानीय स्तरमा निर्माण भएका सडकमा कालोपत्रे सडकको अंश न्यून छ। सुरक्षित र गुणस्तरीय सडकको पहुँचमा अभिवृद्धि गर्न निर्माण भएका अधिकांश कच्ची सडकलाई क्रमिक रूपमा स्तरोन्नति गर्नुपर्ने उल्लेख छ।

फागुन महिनासम्म ८७ वटा पुल निर्माण भएको छ। अघिल्लो आर्थिक वर्ष ८२ वटा पुल निर्माण भएको थियो। आठ महिनामा एक सय ९ वटा झोलुङगे पुल निर्माण भएको र हालसम्म एक सय १८ तुइन झोलुंगे पुल विस्थापन भएका छन्।

रेलमा भएको प्रगति

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग ९ सय ४५ किमी (लिंकसहित एक हजार ५६ किलोमिटर) को विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ। यसअन्तर्गत बर्दिवास–निजगढ (७० किमी) रेलमार्गको बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५.६ किमी र जोगबनी–विराटनगर १६ किमी रेलमार्गको निर्माण सम्पन्न भएको छ। जयनगर–कुर्था ३५ किमी तथा कुर्था–विजलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण कार्य सम्पन्न भएको छ।

काठमाडौं उपत्यकामा मेट्रो रेलअन्तर्गत सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक खण्ड १२ किमीको विस्तृत अध्ययन प्रतिवेदन तथा खोकना–सातदोबाटो र नारायणगोपाल चोक बुढानिलकन्ठ खण्ड १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ। विजलपुरा–बद्रीबास खण्डको मुआब्जा वितरण कार्य सुरु भएको छ। केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन कार्य चीनको सहयोगमा सम्पन्न भई प्राप्त प्रतिवेदनमा विस्तृत अध्ययन अघि बढेको छ। वीरगञ्ज–काठमाडौं रेल मार्गको भारत सरकारको सहयोगमा सम्भाव्यताको अध्ययन कार्य सुरु भएको छ।

राष्ट्रिय गौरवका सडक

मध्यपहाडी (पुष्पलाल) राजमार्ग एक हजार आठ सय ७९ किमीअन्तर्गत पहिलो आठ महिनामा एक सय एक किमी ग्राभेल, ३५ किमी कालोपत्रे तथा ११ वटा पुल निर्माण भएको छ। साथै ६० किमी नयाँ ट्रयाक निर्माण तथा चौडा पार्ने काम सम्पन्न भएको छ। गत आवसम्म यो राजमार्गको एक हजार चार सय ३५ किमी ट्रयाक, ९५ किमी ग्राभेल र सात सय २७ किमी कालोपत्रे तथा ५६ वटा पुल निर्माण भएको थियो। हुलाकी राजमार्ग आयोजना एक हजार सात सय ९२ किमीमध्ये आठ महिनामा ६९ कालोपत्रे, एक सय ४० किमी ग्राभेल र दुई वटा पुल निर्माण भएको छ।

गत वर्षसम्म एक सय किमी कालोपत्रे, एक सय ९५ ग्राभेल र ७५ वटा पुल निर्माण भएको छ। उत्तर दक्षिण लोकमार्गअन्तर्गत कालीगण्डकी कोरिडोर चार सय ३५ किमीअन्तर्गत फागुनसम्म ४० किमी डबल लेनमा ग्राभेल तथा दुईवटा पुल निर्माण सम्पन्न भएको छ। गत आबमा चार सय ३३ किमी ट्रयाक खोलिएको थियो।

कर्णाली कोरिडोर दुई सय ८० किमीमध्ये फागुनसम्म ६ किमी ट्रयाक निर्माण भएको छ। गत वर्ष एक सय १८ किमी ट्रयाक निर्माण सम्पन्न भएको थियो। कोसी कोरिडोर एक सय ६२ किमीमध्ये फागुनसम्म ९÷९ किमी ट्रयाक र ग्राभेल निर्माण सम्पन्न भएको छ। गत वर्ष एक सय ४४ किमी ट्रयाक खोल्ने कार्य तथा ५५ किमी ग्राभेल सम्पन्न भएको छ। पृथ्वी राजमार्गको नौबिसे नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण कार्यका लागि मुआब्जा वितरण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.