टावर खोज्दै तीन घण्टा पैदल

टावर खोज्दै तीन घण्टा पैदल

जाजरकोट : जुनीचाँदे गाउँपालिकाका स्थानीयलाई एक कल फोन गर्न टावर खोज्दै तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता छ। कुनै पनि फोनका नेटवर्कले काम नगर्ने भएपछि स्थानीय टावर खोज्दै तीन घण्टा हिँडेर डाँडामा पुग्ने गरेका हुन्। मजकोटको नेपाल टेलिकमको टावर एक वर्षदेखि बिग्रिएको छ ।

टावर नहुँदा गाउँपालिकाका ९ वटै वडा सञ्चारबिहीन छन्। फोन गर्नुपर्दा तीन घण्टा पैदल उकालो हिँडेर डाँडामा पुग्ने गरेको मैनापाखाका स्थानीय नरबहादुर बस्नेतले जानकारी दिए। स्थानीय जनप्रतिनिधिसहित सरोकारवाला निकायबीच बारम्बार छलफल भएपनि टावर मर्मत सुरु नभएको अर्का स्थानीय मनरुपा नेपालीले बताइन्। ‘फोनको टावर बिग्रिएको ११ महिना भयो। फोन गर्नु पर्दा रातसाँझ नभनी डाँडामा पुग्नुपर्छ’, उनले भनिन्। निर्वाचनका बेला उच्चस्तरको इन्टरनेट सुविधा पु¥याउने प्रतिबद्धता गरेका जनप्रतिनिधिले एक वर्षदेखि बिग्रेको टावर बनाउन पहल नगरेको उनको गुनासो छ ।

जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले नेपाल टेलिकम र प्रशासनमा पटक–पटक टावर मर्मतका लागि आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए। ‘गाउँसभा बैठकमै यो विषयलाई गम्भीर रूपमा उठाएको छु’, उनले भने ।

जुनीचाँदे–६ की तारादेवी शाहीले भनिन्, ‘एक कल फोनका लागि आधा दिन बित्छ। धेरै सरकार हुँदा पनि हाम्रा दुःखको सुनुवाइ भएन् ।’ नेपाल टेलिकम जाजरकोटले बिग्रिएको टावर मर्मत नहुने अवस्था रहेकोले जिएसएमको टावर राख्ने तयारी भइरहेको जनाएको छ। ‘सबै सामग्री आइसकेको छ। छिट्टै जुनीचाँदेमा जिएसएम (नमस्ते) को टावर जोड्छौं’ टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.