विप्लवका गोरखा जिल्ला सेक्रेटरी रिहा

विप्लवका गोरखा जिल्ला सेक्रेटरी रिहा

गोरखा : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्ट रिहा भएका छन्। उच्च अदालत पोखराको आदेशमा भट्ट रिहा भएका हुन्।

उनी दोस्रो पटक गत वैशाख २७ गते पक्राउ परेका थिए। प्रहरीले उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्धा दर्ता गरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २० दिन थुनामा रहेका उनी मंगलबार रिहा भएका हुन्।

यसअघि राज्यद्रोहको मुद्दा अन्तर्गत उनी र सोही पार्टीका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका थिए। उनीहरु दुवैलाई जिल्ला अदालत गोरखाले पाँच हजार धरौटीमा रिहा गरेको थियो। रिहा गरेलगत्तै प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो। कुमाल भने अझै थुनामा छन्। 

भट्टले गैरकानुनी हिरासतमा राखेको हुनाले रिहा हुन पाउँ भनी उच्च अदालत पोखरामा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.