सर्पदंशबाट बालकको मृत्यु
राजविराज : घरमा खेलिरहेका एक बालकको सर्पदंशबाट मृत्यु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ बस्ने जोगिन्द्र रामको छोरा सात वर्षीय भुवनेश्वर रामको सर्पदंशबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्पेक्टर प्रतिक विष्टले जानकारी दिए।
सर्पले टोकी उपचारको लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएका बालकको उपचारको क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।