रात्रीबसबाट ४५ हजार भन्दा बढी लुटपाट

रात्रीबसबाट ४५ हजार भन्दा बढी लुटपाट

निजगढ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको जंगलमा बसभित्र छिरेर एक समूहले ४५ हजार भन्दा बढी लुटपाट गरेको छ ।

राजमार्गको १३ किलो भन्ने स्थानमा शुक्रबार बिहानै ३ बजे मोटरसाइकलमा आएको समूह ना ७ ख २७९० नम्बरको रात्री बसमा छिरेर लुटपाट गरी फरार भएको हो ।

राजमार्गमै बस रोकेर उक्त समूहले बसका सहचालकलाई कुटपिट गर्दै ४५ हजार नगद र मोबाइल लुटेको पीडितको भनाइ छ । बस काठमाडौंबाट जलेश्वरतर्फ जाँदै गरेको थियो ।

बसमा लुटपाट भएपछि पीडितले निजगढस्थित इलाका प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम लामाका अनुसार प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.