सिफारिस समिति अलमलमा

सिफारिस समिति अलमलमा

काठमाडौं : संक्रमणकालीन न्यायका लागि स्थापना भएका दुई आयोगको पदाधिकारीको छनोटका लागि गठन भएको सिफारिस समिति अलमलमा परेको छ।   

समिति बैठकले सदस्यहरुलाई आफूले सिफारिस गर्ने नामहरु छनोट गर्न थप समय दिएको सदस्य शर्मिला कार्कीले जानकारी दिइन्। उनले भनिन्, ‘आवेदन परेका व्यक्तिलाई नै आयोगका पदाधिकारीमा सिफारिस गर्ने कि समिति आफैंले बाहिरबाट ल्याउने भन्नेमा पदाधिकारीबीच छलफल चले पनि टुंगोमा पुगिसकेका छैनौं। केही आवेदकहरु र अरु बाहिरबाटै आउन सक्छन्’, कार्कीले भनिन्। जेठ अन्तिम हप्ता बस्ने अर्काे बैठकमा नाम छनोट गरी सिफारिस गरिने सदस्य कार्कीले जानकारी दिइन्।   

‘यसअगाडि दुवै आयोगको पदाधिकारीमा राजनीतिक दलको सिफारिसमा बाहिरबाट ल्याइएको थियो। यो पटक पनि दलबीच सहमतिमा पठाएका नाम सिफारिस समितिले अनुमोदन गर्ने अवस्था छ’, स्रोतले अन्नपूर्णसँग भन्यो। दस जना पदाधिकारीका लागि ५७ जनाले आवेदन दिएका छन्।   

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित दस पदाधिकारीका लागि सिफारिस समितिले नाम सिफारिस गर्ने जिम्मा छ। सत्य निरूपण आयोगको अध्यक्षका लागि जम्मा पाँच जनाको आवेदन परेको छ।

चारवर्ष अगाडि गठित दुवै आयोग चैत २७ देखि पदाधिकारीविहीन छन्। पदाधिकारी सिफारिसका लागि गत चैत अन्तिम साता मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश ओमप्रकाश मि श्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.