‘पिपुल्स च्वाइस अवार्ड’का लागि सन्दीपसहित पाँच खेलाडी मनोनयनमा

‘पिपुल्स च्वाइस अवार्ड’का लागि सन्दीपसहित पाँच खेलाडी मनोनयनमा

काठमाडौं : पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि क्रिकेटर सन्दीप लामिछाने र फुटबल खेलाडी सावित्रा भण्डारीसहित पाँचजना मनोनयनमा परेका छन्। 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार खेलाडीको मनोनयन सार्वजनिक गरेको हो। अवार्डका लागि भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक सुगठनका महेश्वर महर्जन पनि मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएम भोटिङ, फेसबुक लाइक, खेल पत्रकार र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकले प्रदान गर्ने भोटका आधारमा गरिनेछ। 

एसएमएस भोटिङको मतभार ५०, फेसबुक लाइकको मतभार २५ तथा खेल पत्रकार र संघका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ। खेलाडीलाई भोट गर्न नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलबाट ३७७२२ नम्बरमा म्यासेज गर्न सकिनेछ।

भोटिङ प्रक्रिया असार १६ गतेसम्म चल्नेछ। विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ। मञ्चले भोटिङका लागि टीएचटी लाइभसँग आइतबार नै सम्झौता पनि गरेको छ। सम्झौतापत्रमा टीएचटीका तर्फबाट भूपेन्द्र लामा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे।

यस वर्ष मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएकालाई विभिन्न १० विधामा अवार्ड प्रदान गर्दैछ।

पिपुल्स च्वाइससँगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर अवार्ड प्रदान गरिने बताइएको छ। एक जना अन्तर्राष्ट्रिय पत्रकारलाई पनि अवार्ड प्रदान गरिनेछ। 

पिपुल्स च्वाइस, पुरुष र महिला र प्रशिक्षकतर्फको विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र आकर्षक उपहार प्रदान गरिने आयोजकले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.