उपत्यकामा रात्री बस चल्ने

उपत्यकामा रात्री बस चल्ने

काठमाडौं : काठमाडौं उपत्यकामा पुनः रात्रिकालीन बस सेवा सञ्चालन हुने भएको छ। यातायात व्यवस्था विभागले रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरेको हो।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उपत्यकाको रात्रिकालीन जीवनलाई चलायमान बनाउन बस सञ्चालन गर्न लागिएको जानकारी दिए। राति सार्वजनिक यातायात नहुँदा उपत्यकाको रात्रिकालीन जीवन चलायमान हुन सकेको छैन। उपत्यकाको जनसंख्या करिब ६० लाखको हाराहारीमा छ। तर साँझ ८ बजे सहर चकमन्न हुने गरेको छ। रात्रीकालिन बस सेवा सञ्चालन गरेर उपत्यका २४ घण्टै चलायमन बनाउने विभागको योजना छ। यसका लागि विभागले यातायात व्यवसायी, साझा, ट्राफिक प्रहरी, यातायात विज्ञसँग छलफल चलाइरहेको छ। यस विषयमा मंगलबार पुन छलफल गर्ने दाहालले जानकारी दिए।

‘सवारीको अभावका कारण रातको समयमा सदुपयोग हुन सकेको छैन। सवारी सञ्चालनमा ल्याउन सके रात्रिकालीन जीवन चलायमान हुन्छ,’ उनले भने, ‘सवारीको सुनिश्चिता नभएकाले राती मानिसको चहलपल कम भएको हो। सवारी सञ्चालमा आएसँगै मानिसको चहलपल बढ्छ।’ चहलपल बढेसँगै रात्रिकालीन रोजगारी पनि सिर्जना हुने उनले बताए। रात्रिकालीन बस सेवा सञ्चालका आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने हुन्छ।

यसका लागि मन्त्रालयबाट सहयोग लिनुपर्ने हुन्छ। दिउँसोको तुलनामा रातको समयमा यात्रुको चाप कम हुन्छ। अहिलेको विद्यमान भाडा व्यवस्था अनुसार रात्रिकालीन सवारी सञ्चालन गर्न सम्भव हुँदैन। भाडामा सामान्य हेरफेर गर्नुपर्ने हुन्छ। साथै रात्रिकालीन बस सेवा सञ्चालन गर्नेलाई आर्थिक भार पार्नु हुँदैन। यस विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर विभागले तयारी तीव्र पारेको छ।

सहरलाई सामाजिक, आर्थिक रूपले चलायमान बनाउन रात्रिकालीन बस सेवा मह–वपूर्ण हुने यातायात इन्जिनियर आशिष गजुरेल बताउँछन्। रातमा सार्वजनिक यातायातको अभावका कारण मानिसको चहलपहल कम भएको छ। सहज र सर्वसुलव यात्रा गर्न सक्ने वातावरण निर्माण भए रात्रिकालीन जीवन चलायमान हुन्छ। यसले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने उनी बताउँछन्।

‘सवारी अभावका कारण मानिसले रातिको समयलाई प्रयोग गरिरहेका छैन’, गजुरेलले भने, ‘सवारी सञ्चालन हुन सके गतिविधि बढ्छ।’ ट्याक्सी चढ्दा महँगो पर्ने भएकाले पनि रात्रिकालीन समयमा हुने गर्न सकिने गतिविधि हुन सकेको छैन। रात्रिकालीन गतिवधि बढ्दा राज्यलाई फाइदा हुन्छ। मानिस रेस्टुरेन्ट, महल, पार्कमा समय बिताउँछन्। यसले रोजगारी सिर्जना हुने उनको भनाइ छ।

पहिलो चरणमा रात्रिकालीन सेवा सञ्चालन गर्ने सवारी साधनलाई सरकारले अनुदानको गर्नुपर्छ। राज्यले राति सवारी सञ्चालन गर्नेको आर्थिक व्यायभार कम गर्न सके यो व्यवस्था टिकाउ हुने उनले बताए। साझाका कार्यकारी निर्देशक भुषण तुलाधरका अनुसार सरकारले रात्रिकालीन सवारी सञ्चालनका लागि निश्चित मापदण्ड तोकेर अघि बढाउनुपर्ने बताउँछन्। यस अघि काठमाडौं महानगरपालिका र साझा यातायातले पनि रात्रिकालीन बस सेवा सञ्चालन गरेको थियो।

तर रातको समयमा यात्रुको चाप कम भएकाले सवारी सञ्चालन खर्च उठाउन नसकेर बन्द गर्नुपरेको थियो। ‘रातीको समयमा मानिसको चलपल कम हुन्छ। सवारीले यात्रुको भाडाबाटै सञ्चालन खर्च उठाउने हो। तर, रातको समयमा त्यो सम्भव देखिँदैन। रात्रीकालिन सेवा सञ्चालन गर्ने सवारीलाई सरकारले सहुलियतको व्यवस्थापन गर्नुपर्छ’, तुलाधरले भने, ‘यात्रुको सुनिश्चिता नभएसँग सरकालरले सवारीको सञ्चालन खर्चमा अनुदान दिनुपर्छ।’ साथै रुट इजाज जारी गर्दा रातको समयमा सवारी चलाउन उपयुक्त हुने स्थानमा अनिवार्य रूपमा केही सवारी सञ्चालन गर्ने व्यवस्था गर्न सक्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.