दलित पत्रकार संघमा पहाडी
काठमाडौं : पत्रकार विनोद पहाडीको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालक गठन भएको छ। संघको उपाध्यक्षमा टिकाराम सुनार र भोला पासवानलाई चयन भएका छन्।
महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व र अमर सुनार रहेका छन्। कोषाध्यक्षमा सुष्मा बरालीसहित २३ सदस्यीय कार्यसमिति गठन गरिएको महासचिव दर्नालले सोमबार जानकारी दिए।
पहाडीले नेपालको दलित आन्दोलन र पूर्णप्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारको सामुहिक पहल कदमीका लागि संघको गठन गरिएको बताए। दलित पत्रकारको पेशागत हकहित र सुरक्षाका लागि संघको सामूहिक पहल हुने उनको भनाइ छ।
भेलाले सदस्यमा गोपाल बराइली धनकुटा, बुद्धि विश्वकर्मा चितवन, मधु शाही बाँके, भीम घिमिरे मोरङ, कमला रसाइली रामेछाप, विष्णु विश्वकर्मा सुर्खेत, केशव भुल अछाम, विरु नेपाली पाल्पा, दिपक परियार कास्की, गोमा परियार बाँके, पर्वत पोर्तेल झापा, मिलन परियार डोटी, सोना खटिक कपिलवस्तु, बिनोद परियार नवलपरासी, लक्ष्मी बिश्वकर्मा झापा र सरिता बराइली धनकुटालाई चयन गरेको छ।