सहचालकले ब्याक गर्दा बसपार्कमै बस दुर्घटना

सहचालकले ब्याक गर्दा बसपार्कमै बस दुर्घटना

बझाङ : बसपार्कमा पार्किङ गरिरहेको महाकाली यातायातको बस साइड दिन खोज्दा दुर्घटनामा परेको छ। सोमबार साँझ छुट्ने गाडीहरूलाई साइड दिन ब्याक गर्दा बस खोलामा खसेको हो।

ना ७ ख ६३७१को बस सहचालक लक्ष्मण कुँवरले ब्याक गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ। बस चिप्लिएपछि सहचालकले हामफालेर ज्यान जोगाएका छन्। 

दुर्घटना भएको बसको गुड्ने पालो मंगलबार बिहान थियो। बसपार्क साँघुरो छ। वरपर टिकट काउन्टरहरू छन्।

बसपार्कको क्षमता भन्दा बढी बस आउने जाने भएकोले पार्किङ गर्न समस्या हुने गरेको सुदुरपश्चिम बस समितिका जीवन खड्काले बताए।

जिल्लामा सुदुरपश्चिम, महाकाली, पवददुत, कर्णाली, मालीका र उग्रतारा बस व्यवसाय समितिका बसहरू चल्ने गर्दछन्।             


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.