रसुवामा टाटासुमो दुर्घटना : तीनजनाको मृत्यु तीन बेपत्ता

रसुवामा टाटासुमो दुर्घटना : तीनजनाको मृत्यु तीन बेपत्ता

नुवाकोट : त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–रसुवागढी सडकमार्गमा भएको टाटासुमो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

दुर्घटनास्थलमा दुई महिलासहित तीन जना हराइरहेका छन् । अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । 

घाइतेहरुको काठमाडौँको दुई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । वीरगन्ज–गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकमार्ग अन्र्तगत रसुवाको गुम्चेतमा सोमबार बेलुकी साढे ६ मा टाटासुमो दुर्घटना हुँदा त्यसमा यात्रारत दुई महिलाको घटनास्थलमै र एक जनाको उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । 

मृतकहरुमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. ४ की ३५ वर्षीया मेन्दु घले, सोही स्थानकी ३२ वर्षीय साँहिली घले र ३२ वर्षीय नोर्वु तामाङ रहेको प्रहरी निरीक्षक इश्वरी भण्डारीले जानकारी दिए । महिलाहरुको घटनास्थलमै र नोर्वुको उपचारका लागि त्रिशूली लैजाँदा बाटोमा ज्यान गएको भण्डारीले बताए । 

रसुवाको दक्षिणी भेगमा रहेको गोसाइकुण्ड गाउँपालिका ६ स्थित गुम्चेतमा टाटासुमो खसेर त्रिशूली नदीमा पुगेको छ । भण्डारीका अनुसार पोखराबाट नुवाकोटको विदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटासुमो जीप मैलुङ–रसुवागढी सडकखण्डको गुम्चेतमा सडकमार्गबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका वडा नं. ४ गोल्जुङका ४८ वर्षीय पासाङदे घले, महिलाहरु १९ कामीयाङ्जेन तामाङ र २० वर्षीया ल्येतङ घले हराइरहेका छन् । 

दुर्घटनामा आमाछोदिङ्मो गाउँपालिका वडा नं. ४ गोल्जुङका ३२ वर्षीय गाडी चालक रंगे भनिने निमा तामाङ, सोही स्थानका ३५ वर्षीया जौरानी घले, ५ वर्षीय फुर्वुयाङ्जेन तामाङ, २९ वर्षीय योन्जुङ तामाङ र ३ वर्षीय बालक निमछोवाङ तामाङ घाइते भएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । चालक निमा र जौरानीकामे धापासिस्थित ग्रिनसिटी अस्पताल र अन्य तीन जनाको न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको ढकालले बताए । 

हराइरहेका तीन जनाको मंगलबार विहानैदेखि घटनास्थलमा खोजी कार्य सुरु गरिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्षि सापकोटाले जानकारी दिए ।  

घाइते तथा मृतकको स्थानीयवासी, त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी उपचारको लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पठाएको थियो । त्रिशूलीमा प्रारम्भिक उपचार गरी राती नै थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दियो। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.