'केपी ओली मार्का' को संघीयता मागेको होइन : राजेन्द्र महतो

'केपी ओली मार्का' को संघीयता मागेको होइन : राजेन्द्र महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले प्रदेशको अधिकार कटौती गर्दै सरकार प्रतिगमनतर्फ लागेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटको छलफलमा बोल्दै महतोले देशमा केपी ओली मार्का हाबी भएको आरोप लगाएका हुन् । 

सरकारले जारी गरेको २०७६/०७७ को बजटे विवेदकारी र संघीयताको मर्मविपरित ‘हामीले अधिकारसम्पन्न प्रदेश माग्या हो’महतोले भने–‘ केपी ओली मार्काको संघीयता मागेको होइन।’ सरकारर निश्चित जिम्मेवारीबाहेक सबै अधिकार प्रदेशलाई दिने संविधानको मर्म भएपनि सरकारले सबै अधिकार आफ्नो हातमा लिएको महतोले बताए । 

संसदलाई दिइएको विकास खर्चबारे बोल्दै महतोले निर्वाचन प्रणालीका कारण बजेट माग्न सांसद बाध्य भएको बताए । यसको अन्त्यका लागि निर्वाचन प्रणाली परिवर्तनको खाँचो रहेको उनको भनाई छ । 

प्रतिगमनकोविरुद्धमा हामी सबै मिलेर लडेको हो । संविधनलाई नै असफल पार्ने प्रयत्न भइरहेको छ । कर्मचारी भर्ती गर्दा समावेशी जगर्ने । समावेशी हरायो । प्रतिगमनतर्फ गएको होइन ? 
नागरिकताबारे अदालतले फरक–फरक फैसला गरेकोले न्यायलयप्रतिको विश्वासमा शंका देखिएको धारणा व्यक्त गरे  । जनताले संघर्ष गरेर पाएको अधिकार खोसेर फेरि अधिकारका लागि लड्न बाध्य नपार्न आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.