सरकारको बजेट समाजवाद उन्मूख छ : महेश बस्नेत
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारद्वारा प्रस्तुत बजेट समाजवाद उन्मूख रहेको बताएका छन्। प्रतिनिधिसभाको बजेट छलफलमा मंगलबार बस्नेतले सरकारको बजेट आत्मनिर्भर भएको समेत प्रष्ट पारे।
'यो बजेट समाजवाद उन्मूख छ, बजेटले सामाजिक न्याय र लोक कल्याणकारी राज्यको मान्यतालाई स्थापित गर्न खोजेको छ, यो आत्मनिर्भर बजेट हो भन्ने कुरा छर्लङ्गै छ' नेता बस्नेतले भने,'तरपनि कतिपय माननिय ज्यूहरुले यसमा प्रश्न उठाउनु भएको छ।'
बजेटले समाजमा पछाडी परेका वर्षको मुहारमा मुस्कान ल्याउने काम गरेको समेत बस्तेतले बताए। 'सामाजिक न्यायको यो बजेट क्षेत्रमा दक्षिण एशियाकै सबैभन्दा ठुलो हो भन्ने मलाई लाग्छ' उनले भने।