कलंकी-कोटेश्वर सडक : यसरी चेक हुन्छ गति सीमा
काठमाडौं : सवारी दुर्घटना न्यूनीकरण गर्न कलंकी-कोटेश्वर सडकखण्डमा गति सीमा निर्धारण गरिएको छ। विस्तारित सडकमा तीव्र गतिमा गुड्ने सवारीका कारण दुर्घटना बढेकाले ट्राफिक प्रहरीले गति सीमा तोकेको छ।
सडकको मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टा तोकेको छ। यो नियम आगामी सोमबारदेखि लागु हुनेछ।
अहिले भने ट्राफिक प्रहरीले चालकलाई सम्झाएर पठाउने गरेको छ। तोकिएको गतिभन्दा बढी चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ (६) बमोजिम आवश्यक जरिवाना र कारबाही हुने जनाएको छ।
साढे १० किलोमिटर कलंकी कोटेश्वर सडकखण्ड चीन सरकारको आर्थिक सहयोगमा विस्तार भएको हो। दुई लनेको सडक अहिले आठ लेनमा विस्तार भएको छ।
तस्बिर : सुनिता डंगोल