चुनावको मुखमै सरितालाई मुद्दाको झमेला

चुनावको मुखमै सरितालाई मुद्दाको झमेला

काठमाडौं : नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदको लागि उम्मेदवारी दिएसँगै सरिता लामिछाने तनावमा छिन् ।

चुनावको तीन दिनअघि मतदाता भेट्ने र चुनावी माहोल बनाउन सक्रिय हुनुपर्ने बेलामा ज्यादती झेल्नु परेको उनले बताएकी छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि ज्यादती भइरहेको बताइन् ।

संघको चुनाव जेठ २५ गते हुँदै छ । तर सरिता कलाकार होइनन् भन्ने मुद्दाले उनको २० वर्षे कलाकारिता जीवनमा ठूलो धक्का लागेको छ । उनले आफूमाथि कलाकार होइन भन्दै गरिएको प्रश्नले ‘ह्यारेसम्ेनट’ महसुस गरेको बताएकी छन् ।

सरिता भन्छिन्, ‘म दुई दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय छु । यसको प्रमाण पनि मैले पेस गरिसकेँ, फेरि किन ममाथि बारम्बार प्रश्न खडा हुँदै छ ?’ चुनावमा जित्ने सम्भावना भएकाले र महिलाहरु अध्यक्ष पदमा पुग्नु हुँदैन भन्ने तत्वले आफूमाथि ज्यादती गरिरहेको उनको जिकिर छ ।

अध्यक्षमा चुनाव लड्ने निर्णय लिएपछि सिडिओ कार्यालयमै सरिता लामिछाने कलाकार नभएकोले अध्यक्ष पदमा उठ्न नपाउने भन्दै मुद्दा हालिएको थियो । सरिताले सिडिओ कार्यालयले आफूलाई अध्यक्षको उम्मेदवारीका लागि क्लिन चिट दिइसकेपछि पनि अनेक तर्फबाट उम्मेदवारी फिर्ता लिन दबाब आएको बताइन् ।

‘मलाई बाटोमा हिँड्दा र घरसम्मै पनि मुस्तन्डेहरुले पछ्याउन थालेका छन् । केही दिनअघि मात्र साँझको समय मेरो घर नम्बर टिप्न दुईजना आएका थिए ।’ यतिबेला अभिनय कलाका साथै संघको महासचिव भएर तीन वर्ष काम गरिसकेकी सरिता आफ्नो चुनाव एजेण्डा सहित मैदानमा उत्रिएकी छन् । पत्रकार सम्मेलनमा उनले आफ्ना एजेण्डा समेत सुनाइन् । सरितालाई समर्थन गर्न कलाकार गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा पनि उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.