भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही हुनुपर्छ : प्रवक्ता शर्मा
सन्धिखर्क : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटार काण्ड र वाइड बडी जहाज काण्डमा जो सुकै संलग्न भएपनि कारबाही हुनुपर्ने बताएका छन्। पार्टी र नेताको नाम जोडेर कारबाही हुने र नहुने प्रवृत्तिको अन्त्य गर्न देशमा गणतन्त्र आएको उनको भनाइ छ।
‘बालुवाटार र वाइड बडी काण्डमा जोसुकै भए पनि कारबाही हुनुपर्छ’, नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा बोलदै नेता शर्माले भने, ‘जोसुकै होस् भ्रष्टाचारीमाथि कारबाही हुनैपर्छ।’
नेपाली कांग्रेसलाइ जनताले प्रतिपक्षमा बसेर जनताको भावना बुझ्ने मत दिएकाले कुनै घटनाक्रममा पनि सरकारमा सहभागी नहुने उनको भनाइ छ।