स्यानटरी प्याड बनाउन जुटे सूदुरका महिला

स्यानटरी प्याड बनाउन जुटे सूदुरका  महिला

बझाङ : साइपाल गाउँपालिका काँडा घर भएकी पार्वती दमाइले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानटरी प्याडको नाम समेत सुनेकी थिइनन्। तर, उनलाई छाउ हुँदा प्रयोग गरिने कपडा पसलमा पाइन्छ भन्ने कुरा थियो।

त्यहाँका सबै महिला महिनावारी हुँदा धेरैजसोले कपडा पनि प्रयोग गर्दैनन्।कुनै कुनै महिलाले पुरानो कपडाका टुक्रा प्रयोग 
गर्ने गरेको स्थानीय महिला बताउँछन्।

गाउँमै स्यानटरी प्याड पाइन थालेपछि काँडाका महिलालाई सजिलो भएको छ।'महिनावारी भएको बेला प्याड प्रयोग नगर्दा धेरै फोहोर हुन्थ्यो। पछाडी रगत लागेको हुँदा छाउ भएकी महिला परैबाट थाहा हुन्थ्यो, स्थानीय कलसा विकले भनिन्,' प्याड पाइन थालेपछि सबैलाई सजिलो भएको छ।

हिजोआज स्कुले छात्राले प्याड प्रयोग गर्न थालेका छन्। साइपाल गाउँपालिकाले महिलाको महिनावारी स्वच्छतामा सुधार गर्न  प्याड स्थानीयस्तरमै उपलब्ध गर्ने उद्देश्यले गाउँमै प्याड बनाउने तालिम दिएको हो।

यहाँका दमाई जातीका १० महिला २ पुरुषलाई तालिम दिएपछि प्याड गाउँमै उपलब्ध हुने गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए। उनले भने,' हेर्दा सानोजस्तो लाग्छ तर यसले महिलाको महिनावारी स्वच्छतामा सुधार ल्याएको छ।'

तालिमका लागि गाउँपालिकासँगको साँझेदारीमा सुआहारा कार्यक्रमबाट आर्थिक तथा प्राविधिक सहयोग गरेको पनि उनले जानकारी दिए। तालिम लिएका महिलाले आ-आफ्नो घरमा यो साताबाट स्यानटरी प्याड तयार पारिरहेका छन्। काँडाका स्थानीय जोगी सार्कीले तालिम लिएपछि प्याड घरमै बनाएर बिक्री गर्दा खर्च जुटेको बताए। 

बझाङमा छाउपडी पर्था अझैं छ। महिनावारी भएका बेला रगत व्यवस्थापन गर्न नसक्दा फोहोर हुने भएकाले घरभन्दा टाढा गोठमा राखिने प्रचलन छ। धेरै स्थानीय तहले गाउँ-गाउँमा र विद्यालयमा स्यानटरी प्याड नि:शुल्क वितरण गर्ने र गाउँ घरमै प्याड बनाउन तालिम उपलब्ध गराएपछि महिलालाई सजिलो भएको छ। महिनावारी स्वच्छता र पोषण सुधारमा पनि सरकार तथा गैरसरकारी निकायले विशेष जोड दिन थालिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.