चितुवाको छाला र दाँतसहित एक पक्राउ

चितुवाको छाला र दाँतसहित एक पक्राउ

सिमरा : प्रहरीले बाराको जीतपुरबाट चितुवाको छाला र दाँतसहित एकजनालाई पक्राउ गरेको छ ।

जीतपुरस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले चेकजाँचका क्रममा मकवानपुर बकैया गाउँपालिका–२ का सोमबहादुर गोलेलाई छाला र दाँतसहित पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका गोलेलाई शंकास्पद अवस्थामा भेटेपछि सडकमा बसिरहेका प्रहरीले उनलाई नियन्त्रणमा लिइ चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनको झोलामा चितुवाको रौंसहितको छाला र चारवटा दाँत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गोलेले आफूलाई फसाइएको भन्दै प्रहरीलाई बयान दिएका छन् । गोलेलाई थप कारवाहीका लागि डिभिजन कार्यालय बारालाई बुझाइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.