दुई लाख नक्कली नोटसहित दुई पक्राउ

दुई लाख नक्कली नोटसहित दुई पक्राउ

रौतहट : नक्कली नेपाली रुपैयाँसहित दुईजना रौतहटमा पक्राउ परेका छन्। बुधबार पक्राउ परेका उनीहरूलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

कटहरिया नगरपालिका ५ स्थित बजारबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले जानकारी दिए। उनीहरूको साथबाट एक हजार दरका दुई लाख नक्कली नोट फेला परेको कार्कीले बताए।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ७ का ६१ वर्षीय जियालाल महतो र मौलापुर नगरपालिका ७ का ४० वर्षीय विहारी साह रहेका छन्।

प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

नक्कली नोट कारोवारमा संलग्न आनन्द कुश्वाहा र मनोज तेली फरार रहेकोमा खोजी भैरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.