ग्यास सिलिण्डर पड्किँदा सात जना घाइते, दुई गम्भीर

ग्यास सिलिण्डर पड्किँदा सात जना घाइते, दुई गम्भीर

सिमरा : बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो ।

घटनामा ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ रहेका छन् । त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् । 

घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिएका छन् । 

प्रनानि शाहीकाअनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको हो । नजरमानकी बुहारी ज्ञानीमायाले चिया पकाउनका लागि सिलिण्डरमा रेगुलेटर जोड्न लागेकी थिइन् । उनको घरमा छलफल गर्नका लागि छिमेकी आएका थिए । रेगुलेटर जोड्न नसकेपछि ज्ञानीमायाले सबैलाई जानकारी गराइन् । घरमा उपस्थित सबै भान्सामा पुगे । त्यतिबेलासम्म भान्सामा ग्यास लिक भइसकेको थियो । रेगुलेटर जोडेर ग्यास बाल्ने क्रममा आगो लागेको र ग्यास पड्किएको प्रनानि शाहीले बताए । 

ग्यास पड्किएलगत्तै स्थानीय र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पु¥याएका थिए । घाइते सबैको अहिले अल्पाइन अस्पतामा उपचार भइरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.