जलेका पाँच घाइतेलाई काठमाडौं लगियो

जलेका पाँच घाइतेलाई काठमाडौं लगियो

सिमरा : बाराको डुमरवानामा सिलिण्डरबाट ग्यास लिक भई आगलागी हुँदा जलेर घाइते भएका एकै परिवारका तीनसहित पाँच गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। 

शरीरको अधिकांश भाग जलेका उनीहरुको अवस्था गम्भिर बन्दै गएपछि नेपाली सेनाको हेलिकप्टर र बुद्ध एयरको विमानबाट काठमाडौं लगिएको हो। डुमरवानास्थित स्याउली बजारमा शुक्रबार बिहान ग्यास लिक भई आगलागी हुँदा एकै परिवारका चारसहित सातजना घाइते भएका थिए। 

घाइतेमध्ये सेनाको हेलिकप्टरमा लगिएकाको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र विमानमा लगिएकाको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको थियो। हेलिकप्टरमा ५२ वर्षीया दिलमाया स्याङतान, २८ वर्षीया ज्ञानीमाया मोक्तान र २८ वर्षीया सुकुमाया थिङलाई वीरगन्जबाट काठमाडौं लगिएको हो भने ६७ वर्षीय नजरमान थिङ र ३२ वर्षीया बहुतमान थिङलाई बुद्ध एयरबाट काठमाडौं लगिएको छ। 

काठमाडौं लगिएको घाइतेमा एकै परिवारका तीनजना छन्। नजरमानसहित उनका साइलो छोरा बहुतमान र काइली बुहारी सुकुमायालाई कीर्तिपुर बर्न सेन्टरमा लगिएको छ। घाइते सुकुमाया चार महिनाकी गर्भवती हुन्।  
 
घटनामा घाइते भएकी नजरमानकै साइली बुहारी २८ वर्षीया अनिता थिङ र २६ वर्षीया कमलीमाया थिङको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको आईसियुमा राखेर उपचार भइरहेको अस्पतालका चिकित्सकले जनाएका छन्।

प्रहरीका अनुसार नजरमानकी बुहारी सुकुमायाले बिहान खाजा बनाउने क्रममा सिलिण्डरबाट ग्यास लिक भई आगलागी भएको थियो। सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र चुलो बाल्ने क्रममा भान्सामा आगो फैलिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिए। 

भान्सामा आगो फैलिएपछि सुकुमाया चिच्याएको र उनलाई बचाउन जाने क्रममा अन्य ६ जना जलेर घाइते भएको प्रहरीको भनाइ छ। घटनालगत्तै घाइतेलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए। आगलागी हुँदा घरको भान्सा कोठामा समेत क्षति पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.