बूढानीलकण्ठको १४ रोपनी जग्गा एनजीओलाई

बूढानीलकण्ठको १४ रोपनी जग्गा एनजीओलाई

काठमाडौं : बूढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वको सरकारी जग्गा बिनाप्रतिस्पर्धा गैरसरकारी संस्थालाई दिएको खुलेको छ । बूढानीलकण्ठ–२ साबिक चपली भद्रकाली ६(ख)१ को कित्ता नम्बर ७१ को १३ रोपनी १४ आना सरकारी जग्गा परिवर्तन सञ्चार समूहलाई दिएको छ ।

जेठ १३ को नगर कार्यकारी बैठकले यो एनजीओलाई गैरनाफामूलक संस्था भन्दै ३० वर्षका लागि लिज दिन सम्बन्धित निकायमा सिफारिस गरेको छ । नगरपालिकाले लिज दिन मन्त्रिपरिषद्को निर्णय चाहिन्छ । नगरपालिकाले जग्गा लिजमा दिने निर्णय गराउन प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईमार्फत लबिङ गरिरहेको छ ।

बूढानीलकण्ठ नगरपालिकाका सूचना अधिकारी टंकराज चिमोरियाले नगरपालिकाले लिजमा दिने निर्णय गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सिफारिस गरेको जानकारी दिए । ‘गैरनाफामूलक संस्थालाई लिजमा जग्गा उपलब्ध गराउने सिफारिससम्म नगरपालिकाले गरेको हो’, उनले भने, ‘लिज दिने अधिकार स्थानीय निकायलाई हुँदैन, मन्त्रिपरिषद्ले गर्नु पर्छ ।’

यो संस्थाले ३÷४ महिना पहिला नै सञ्चारगृह (एफएम) र गायत्री पार्क बनाउने प्रस्ताव नगरपालिकामा पेस गरेका थियो । एनजीओको प्रस्ताव वडा नम्बर २ को सिफारिसपछि नगरपालिकाको पूर्वाधार विकास समितिले कार्ययोजना अध्ययन गरेको थियो । समितिले कार्ययोजना राम्रो भएकाले दिए हुने सहमति दिएपछि नगरपालिकाले निर्णय गरेको सूचना अधिकारी चिमोरियाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.