इटहरीका मेयरले माफि मागेनन्, अभिव्यक्ति फिर्ता लिए
काठमाडौं : पत्रकारलाई धम्की दिएर विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्।
पत्रकार विराट अनुपमलाई ‘नाकको डाँडी भाँच्छु’ भन्दै धम्की दिएका थिए। प्रमुख चौधरीले आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिएका हुन्।
उनले आफ्नो अभिव्यक्तिले पत्रकारिता क्षेत्रमा आघात पुगेको भन्दै अभिव्यक्ति फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा प्रतिवद्धता रहेको भन्दै आगामी दिनमा यस्तो नगर्ने बताएका छन्।
विज्ञप्ति