बम राखेको आशंकामा विप्लव कार्यकर्ता पक्राउ

बम राखेको आशंकामा विप्लव कार्यकर्ता पक्राउ

विराटनगर : प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका एक कार्यकर्तालाई प्रहरीले विराटनगर महानगरपालिका-७ डाँफे चोकबाट आइतबार राति पक्राउ गरेको छ। पैदल हिंडिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिका-८ का ५३ वर्षीय रुद्र पौडेललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

पक्राउ परेका पौडेलमाथि 'विप्लव' समूहले विभिन्न समयमा आह्वान गरेको बन्द र हड्तालका बेला ठाउँ-ठाउँमा बम राखेर जनजीवन आतंकित पार्ने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। 

डीएसपी श्रेष्ठका अनुसार यस अघि नै देखिनै प्रहरीले उनको खोजी गरिरहेको थियो। 'विभिन्न ठाउँमा बम राखेर शान्ति सुरक्षाको अवस्थामा असर पुर्‍याउने र सर्वसाधारणलाई आतंकित पार्ने कार्यमा पौडेलको संलग्नता हुन सक्ने आशंका छ,' उनले भने, 'पक्राउ गरेर हिरासतमा राख्दै विस्तृत रुपमा अनुसन्धान अघि बढाइएको छ।'

उनीमाथि अनुसन्धान अघि बढाउनकै लागि प्रहरीले मुद्दा चलाउन म्याद थप गरेको छ। अनुसन्धानका क्रममा बम राखेको पुष्टि भए त्यही अनुसार कारबाही अघि बढाउने प्रहरीको तयारी छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.