कांग्रेस नेतामाथि प्रश्नैप्रश्न

कांग्रेस नेतामाथि प्रश्नैप्रश्न

काठमाडौं  : कांग्रेसका स्थानीय तहका कार्यकर्ताले पार्टी कमजोर हुँदै गएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन्। जिल्लामा खटिएका केन्द्रीय नेतासमक्ष कार्यकर्ताले संगठन लथालिंग बनाएको र प्रतिपक्षीको भूमिका बलियो बनाउन नसकेको जस्ता प्रश्न राखेका छन्।

पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो। केन्द्रीय प्रतिनिधिले आफ्ना जिल्लामा एक महिना बसेर त्यहाँको अभियान संयोजन गरेका थिए।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थानीय तहबाट सभापति पार्टी नेतृत्वको भूमिकाप्रति विभिन्न प्रश्न आएको बताए। उनले भने, ‘कार्यकर्ताले केन्द्रको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको पाइयो।’

नेता केसीका अनुसार ढेड वर्षअघिको निर्वाचनमा नराम्ररी हारेको कांग्रेस अझै सभापतिको घेराबन्दीबाट बाहिर निस्कन नसकेको गुनासो कार्यकर्ताबाट आएको बताए। उनले भने, ‘सभापति देउवाले निर्वाचनमा दुई कम्युनिस्ट पार्टी मिलेका कारण हारेको भन्दै आफूलाई बचाउ गरेका छन्। तर यसमा कार्यकर्ता सहमत छैनन्।’

जागरण अभियानका क्रममा कञ्चनपुर गएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको केन्द्रप्रति तल्लो तहमा व्यापक गुनासा र आशंका रहेको बताए। ‘पार्टीको संगठनदेखि निर्वाचन परिणाम र अहिले प्रतिपक्षीको भूमिकामाथि नेताकार्यकर्ता सन्तुष्ट छैनन्’, घिमिरेले भने, ‘कांग्रेस कतै अझै कमजोर त बन्दै जाने होइन भन्ने त्रास स्थानीय नेताकार्यकर्तामा देखियो।’ पार्टीको वैधानिक संगठन कमजोर हुँदा केन्द्रदेखि स्थानीय तहसम्म नेकपाको दबदबा रहेको घिमिरेले बताए। उनका अनुसार तल्ला तहका कार्यकर्तामा नेता बलियो हुने र कांग्रेस झन् कमजोर हुँदै जाने शंका छ।

पार्टीको संगठन स्थानीय तहसम्म निर्माण भएको भए जागरण अभियान प्रभावकारी बन्न सक्ने आंकलन केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको छ। ‘जागरण अभियानले गाउँगाउँसम्मका पार्टी पंक्ति जागरुक भए पनि संगठन अभावमा त्यो दिगो प्रभावकारी बन्न सक्दैन,’ उनले भने, ‘मुलुक संघीयताको अभ्यासमा गए पनि कांग्रेसले प्रदेशमा आफ्नो संरचना बनाउन सकेको छैन। जिल्ला कार्यसमिति भए पनि निर्वाचन क्षेत्र र स्थानीय तहमा कांग्रेसले संरचना बनाउन सकेको छैन।’ केन्द्रमा समेत यो मुद्दा बेलाबखतमा उठे पनि पार्टी नेतृत्वले त्यसतर्फ अहिलेसम्म काम गर्न नसकेको आरोप उनको छ।

केन्द्रीय महाधिवेशन भएको तीन वर्ष बिते पनि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय विभाग गठन गर्न सकेका छैनन्। भ्रातृ संगठन लथालिंग छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियान क्रममा स्थानीय नेताकार्यकर्ताले उठाएको विषयमाथि चाँडै केन्द्रीय नेतृत्वबीच छलफल हुने बताए। ‘हामी अब जिल्लाजिल्लाबाट नेताकार्यकर्ताका धारणा लिएर काठमाडौं फर्केका छांै’, शर्माले भने, ‘दोस्रो चरणको अभियानअगाडि हामी गम्भीर समीक्षा गर्छौं।’

तीन चरणको जागरण अभियान घोषणा गरेको कांग्रेसको पहिलो चरणको अभियान सकिएको छ। दोसो चरणको अभियान भदौमा सुरु भएर असोजमा सकिनेछ। तेस्रो चरणको अभियान पुसमा हुनेछ।

पार्टीमा जागरण अभियान स्थगन गरी महाधिवेशनमा जानपर्ने धारणा पनि सशक्त भएर आएको छ। आगामी फागुनमा चारवर्षे कार्यकाल पूरा हुने भएकाले महाधिवेशन प्रक्रियामा जुट्नुपर्ने दबाब स्थानीय कार्यकर्ताको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.