तनहुँमा ओली–नेपाल गुटको द्वन्द्व ब्युँतियो

तनहुँमा ओली–नेपाल गुटको द्वन्द्व ब्युँतियो

दमौली  : एकीकरण भए पनि नेकपामा तत्कालीन नेकपा एमालेमा देखिएको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल गुटको द्वन्द्व सतहमा आएको छ । पार्टीको व्यास नगर कमिटीमा नेपालनिकट श्रीराम कार्की अध्यक्ष छन् । कार्की नगर कमिटीको अध्यक्ष भए पनि आयतबार उनी बिनानै सपथ ग्रहणको तयारी गरिएको थियो । त्यसपपिछ नेपाल पक्षले बहिष्कार गर्दा सपथग्रहण नै हुन सकेन।  

यसअघि कार्कीले कमिटीमा सिफारिस गरेका सदस्यमध्ये नौ जनाको नाम परिवर्तन भएर नयाँ नाम आएपछि कार्की समूहले सपथ ग्रहणमा सहभागिता नजनाउने निर्णय गरेको थियो । कार्कीले सदस्य मनोनयन गर्दा दोहोरो पदमा रहेकालाई जिम्मेवारी नदिने पार्टी नीतिअनुसार वडाअध्यक्ष रहेका सदस्यको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिएका थिए।  

तर ओलिनिकट जिल्ला अध्यक्ष केदार सिग्देलले भने वडा अध्यक्षलाई जिम्मेवारीमा राख्ने गरी ९ जना थप सदस्य मनोनयन गर्न प्रदेश कमिटीमा सिफारिस गरेका थिए । सोही अनुसार सदस्य चयन गरेर सपथ ग्रहण गर्ने तयारी संस्थापन पक्षले अघि बढाएपछि कार्कीबाट चयन भएका सदस्यहरु र पदाधिकारी बैठकमा अनुपस्थित भए।  

विवाद बढ्दै गएपछि पार्टीका प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले हटाइएका नेताहरुमध्ये धेरैलाई समावेश गरेर सहमति जुटाउन जिल्ला नेतृत्वलाई पत्र लेखेको कार्की पक्षको जिकिर छ । सपथ ग्रहण तय गरेर जिल्ला नेतृत्वले पत्राचार गरेपछि प्रदेश अध्यक्ष हितराज पाण्डेको निर्देशनमा सपथग्रहण स्थगित भएको बुझिएको छ।  

यसअघि एमाले पार्टी रहँदा पनि अध्यक्ष ओली र वरिष्ठ  नेता नेपाल निकट गुटबीच एक अर्कालाई निषेध गर्ने राजनीति चल्ने गरेको थियो । तर एकिकरणपछि पनि पुरानै तुष कायम देखिएको छ । एकता प्रक्रियामा आएका तत्कालीन माओवादी केन्द्रका नेताहरु पनि यिनै दुई गुटमै विभाजित भएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.