इटहरी प्रकरण : मेयर र पत्रकार दुवै दोषी

इटहरी प्रकरण : मेयर र पत्रकार दुवै दोषी

 इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र दुर्व्यवहारबारे पत्रकार महासंघको मिसन टोलीले प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको छ। 

प्रतिवेदनले मेयर चौधरी तथा पत्रकार दुवैको गल्ती औल्याएको छ। साथै केही सुझावसमेत दिएको छ। नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले धम्कीको विषयमा सत्यतथ्य पत्ता लगाउन बनाएको मिसन टोलीले मेयर र पत्रकार दुवैको गल्ती औल्याएको छ। 

मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेका अनुसार घटनासँग सम्बन्धित ३० जनासँग गरिएको कुराकानी र प्राप्त प्रमाणका आधारमा प्रतिवेदन तयार पारिएको हो। 

पत्रकार महासंघ प्रदेश समितिका महासचिव विवेक गौतमलाई मिसन टोलीका संयोजक मोहनकाजी न्यौपानेले प्रतिवेदन हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरिएको थियो।

सार्वजनिक प्रतिवेदनमा पत्रकार विराट अनुपमले मेयर चौधरीलाई उत्तेजित बनाएको र उनले धेरै पत्रकार तथा सामाजिक व्यक्तिको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भनेर धेरै गुनासो आएको उल्लेख छ। 

पत्रकारले लेखेको फेसबुक स्टाटसमा चौधरीले कमेन्ट गरेको विषयमा फोन गरेर उत्तेजित बनाएको पाइएको उल्लेख छ। टोलीले मेयरले दिएका धम्की असंवैधानिक भएको प्रतिवेदनमा उल्लेख छ।  रिपोर्टमा पत्रकार कृष्णबाहव भट्टराई र विकल रेग्मीमाथिको शारीरिक हमला अभद्र र गम्भीर रहेको उल्लेख छ।

पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमलाई प्रतिवेदन हस्तान्तरण गर्दै मिसन टोलीका संयोजक मोहनकाजी न्यौपाने। तस्बिर : अन्नपूर्ण 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.